२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

गण्डकी प्रदेशसभाः विषयगत समितिमा विभिन्न विधेयकमाथि छलफल जारी

गण्डकी प्रदेशसभाः विषयगत समितिमा विभिन्न विधेयकमाथि छलफल जारी
अ अ+ अ-

गण्डकी। गण्डकी प्रदेशसभाको गत हिउँदे अधिवेशनमा पेस भएका विभिन्न विधेयकमाथि सम्बन्धित विषयगत समितिमा दफावार छलफल जारी छ ।

प्रदेशसभा बैठकमा सामान्य सैद्धान्तिक छलफलपछि दश वटा विधेयक विषयगत समितिमा हाल दफावार छलफलका क्रममा रहेका छन् । अर्थ तथा विकास समितिका सभापति भोजराज अर्यालले आजदेखि औद्योगिक ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथि समितिमा दफावार छलफल सुरु भएको जानकारी दिनुभयो ।

आजको बैठकमा सम्बन्धित मन्त्रालयका मन्त्री सचिव, विषयगत समितिका सदस्यहरूले विधेयकमाथि धारणा राख्नुभएको छ”, उहाँले भन्नुभयो, “आगामी २१ गते बस्ने समितिको अर्को बैठकमा सरोकार भएका पक्षहरूसँग उक्त विधेयकबारे छलफल गर्छौं ।

सभापति अर्यालका अनुसार अर्थ तथा विकास समितिमा खानी तथा खनिज, घरेलु मदिराको उत्पादनलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक र भवन निर्माण तथा बस्ती विकाससम्बन्धी विधेयक पनि दफावार छलफलका क्रममा रहेको छ । समितिमा रहेका विधेयकमाथि निरन्तर छलफल हुने उहाँले बताउनुभयो ।

सामाजिक विकास तथा कृषि समितिमा छ वटा विधेयक छलफलका लागि आएको समितिका सचिव शशीधर सुवेदीले जानकारी दिनुभयो । आज गण्डकी प्रदेशमा विद्युत् विकास सम्बन्धमा व्यवस्था बनेको विधेयकमाथि सम्बन्धित मन्त्रालयका मन्त्री, सचिव र समितिका सदस्यहरूबीच छलफल भएको उहाँले बताउनुभयो ।

बुधबारको बैठकमा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल हुने समितिले जनाएको छ । सोमबार बसेको उक्त समितिको बैठकमा गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्ने सम्बन्धमा बनेको विधेयकमाथि विज्ञसहितले सुझाव दिएका थिए ।

समितिका सचिव सुवेदीका अनुसार सामाजिक विकास तथा कृषि समितिमा विद्युत् विकास, अपाङ्गता भएका व्यक्तिको अधिकार, खाद्य अधिकार तथा खाद्य गुणस्तर, जनस्वास्थ्य सेवा, मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषा बनाउनेसम्बन्धी र दलित अधिकार तथा सशक्तीकरणसम्बन्धी विधेयक छलफलका क्रममा छ ।

समितिमा दफावार छलफपछि विधेयकलाई प्रतिवेदनसहित प्रदेशसभा बैठकमा पेस गरिने सचिव सुवेदीले बताउनुभयो । विषयगत समिति र प्रदेशसभा बैठकमा छलफल भएपछि कानुन निर्माणको प्रक्रिया अघि बढ्ने प्रदेशसभा सचिवालयले जनाएको छ । विधेयक अधिवेशनका रूपमा लिइने प्रदेशसभाको हिउँदे अधिवेशनबाट दश वटा विधेयक दफावार छलफलका लागि विषयगत समितिमा लगिएका थिए ।  रासस