६ पुष २०८२, आईतवार
,
Latest
टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षक आन्दोलनले देशलाई पछाडि धकेल्छ : अध्यक्ष बिजुक्छेँ



अ+ अ-

भक्तपुर। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले शिक्षक आन्दोलनले देशलाई शैक्षिक रूपमा पछाडि धकेल्ने बताउनुभएको छ ।

नेपाल नगरपालिका कर्मचारी एसोसियसन भक्तपुर नगरपालिकाले १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसरमा आज यहाँ आयोजना गरेको प्रवचन कार्यक्रम उहाँले देशलाई पछाडि पार्ने काम कसैले गर्न नहुने बताउनुभयो ।

जनतालाई प्रत्येक्ष रूप सेवा दिने कर्मचारीमा देशभक्तिको भावना भए कुनै समस्या नआउने उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले  देशमै रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।

युवाहरू घरखेत बेचेर विदेश गइरहेका छन् । यसरी जानुभन्दा देशमै लगानी गरेर रोजगारी सिर्जना गर्नतर्फ ध्यान दिनुपर्छ, राज्यले चासो दिनुपर्छ । यसका साथै वैज्ञानिक समाजवाद र साम्यवादसम्म पुग्न विश्वका मजदुर एक हुन जरूरी छ”, उहाँले भन्नुभयो ।

भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले पुँजीवादी व्यवस्थामा मजदुरको जीवनको कुनै मूल्य नहुने भन्दै समाजवादी गणतन्त्रमा मात्र कामदार जनताले सुख पाउने बताउनुभयो । रासस