६ पुष २०८२, आईतवार
,
Latest
टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाको आरोप–सरकार फेरि दमनमा उत्रियो, के चाहेको हो ?



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले सरकार फेरि दमनमा उत्रिएको भन्दै आलोचना गर्नुभएको छ ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उहाँले सरकारको आलोचना गर्नुभएको हो । उहाँले आईतवारको शिक्षक आन्दोलनमा सरकारले आफैँ घुसपैठ गराएर शिक्षकहरूमाथि लाठीचार्ज, पानीको फोहोर र अश्रु ग्यास प्रयोग गरेर ६२ जना शिक्षकलाई घाइते बनाएको बताउनु भयो । उहाँले सरकारले गत चैत १५ गते एक पत्रकारको हत्या गरेको आरोप लगाउँदै आईतवारको प्रदर्शनमा पत्रकार सविना कार्कीलाई घाइते बनाएको बताउनु भयो । उहाँले विद्यालय शिक्षा ऐन जारी गरेर शिक्षकहरूलाई पठनपाठनमा पठाउने वातावरण तयार गर्न सरकारलाई आग्रह गर्नुभयो । सांसद कार्कीले प्रदर्शनको क्रममा घाइते भएका शिक्षकहरू र पत्रकारलाई निःशुल्क उपचारको व्यवस्था गर्न माग गर्नुभयो ।

उहाँले भन्नुभयो, “सरकार फेरि दमनमा उत्रिएको छ । हिजो शिक्षक आन्दोलनमा आफैँ घुसपैठ गराएर शिक्षकहरूमाथि निर्मम रूपमा लाठीचार्ज पानीको फोहोर असुर ग्यासको प्रयोग गरेर ६२ जना शिक्षकहरूलाई घाइते बनाएको छ । महिला शिक्षकहरूमाथि पनि अत्यन्तै दुव्र्यवहारपूर्वक लाठी चार्ज गरेर उनीहरूलाई पनि घाइते बनाएको छ । यो सरकारले के चाहेको हो । सोही घटनामा हिजो प्राइम टेलिभिजनका पत्रकार सविना कार्की पनि घाइते हुनुभएको छ । चैत १५ गते यो सरकारले एक पत्रकारलाई मा¥यो नै । अर्को पत्रकारलाई पनि घाइते बनाएर राखेको छ । म सरकारलाई भन्न चाहन्छु, शिक्षा ऐन दिएर शिक्षकहरूलाई पठनपाठनमा पठाउने वातावरण तयार गरियोस् । आवासीय चिकित्सकहरूलाई उनीहरूको जायज माग पूरा गरेर अस्पतालमा पठाउने वातावरण तयार गरोस् ।”

उहाँले आन्दोलनरत आवासीय चिकित्सकहरूलाई उनीहरूको माग पूरा गरेर अस्पताल पठाउने वातावरण तयार गर्न पनि सरकारसँग माग गर्नुभयो ।