१९ मंसिर २०८२, शुक्रबार
,
Latest
अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वसांसद डङ्गोलको निधनमा शोक प्रस्ताव पारित



अ+ अ-

काठमाडौँ।

ले पूर्वसांसद एवं संविधानसभा सदस्य तीर्थराम डङ्गोलको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले राख्नुभएको उक्त प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो ।

नेपाली कांग्रेसका तर्फबाट २०५६ सालमा काठमाडौँ निर्वाचन क्षेत्र नं ७ बाट निर्वाचित तथा २०६४ सालको संविधासभा सदस्य डङ्गोलको ७७ वर्षको उमेरमा यही वैशाख १२ गते निधन भएको थियो ।

लोकतान्त्रिक आन्दोलनका योद्धा डङ्गोलले स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारीसमेत सम्हाल्नुभएको थियो । बैठकले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।  प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख १५ गते बिहान ११ बस्नेछ । रासस