२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

दिगो विकास लक्ष्य पूरा गर्न वार्षिक साढे सात खर्ब लगानी अपुग

दिगो विकास लक्ष्य पूरा गर्न वार्षिक साढे सात खर्ब लगानी अपुग
अ अ+ अ-

काठमाडौँ। दिगो विकास लक्ष्य (एसडिजी) पूरा गर्न वार्षिक रु साढे सात खर्बभन्दा बढीको लगानी अपुग रहेको देखिएको छ ।

राष्ट्रिय योजना आयोगले तयार पारेको ‘दिगो विकास लक्ष्यः आवश्यकता पहिचान, लागत अनुमान तथा वित्तीय रणनीति, २०८१’ प्रतिवेदनअनुसार तोकिएको समयमा एसडिजी पूरा सन् २०३० सम्ममा हरेक वर्ष औसत रू ३० खर्ब २४ अर्ब लगानी आवश्यक पर्नेछ । यो अवधिमा रहेक वर्ष औसत रू २२ खर्ब ६९ अर्ब बराबर मात्रै स्रोत जुट्ने आयोगको अनुमान छ ।

जसअनुसार वार्षिक औसत रू सात खर्ब ५५ अर्बको वित्तीय अन्तर देखिएको हो । यो वार्षिक छ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्दाको अवस्थामा देखिनसक्ने सम्भावित वित्तीय खाडल हो । तर, त्यो भन्दा न्यून आर्थिक वृद्धिदर देखिएमा वित्तीय अन्तर थप गहिरो देखिनेछ ।

एसडिजी कार्यान्वयनका लागि सन् २०२४ देखि २०३० सम्ममा कुल रू २११ खर्ब ६५ अर्ब लगानी आवश्यक पर्ने अनुमान आयोगको छ । तर, सार्वजनिक, निजी, सहकारी तथा गैरसहकारी क्षेत्रबाट यो अवधिमा हुने कूल लगानीमा रू ५२ खर्ब ८५ अर्ब अपुग पर्नेे देखिएको हो ।

एसडिजी पूरा गर्न सार्वजनिक क्षेत्रबाट सन् २०३० सम्ममा कुल रू १३६ खर्ब ४७ अर्ब अर्थात् वार्षिक रू १९ खर्ब ५० अर्ब लगानीको आवश्यकता औंल्याइएको छ । तर सार्वजनिक क्षेत्रबाट मात्रै वार्षिक रू चार खर्ब २६ अर्ब अर्थात् सन् २०३० सम्ममा कुल रु २९ खर्ब ८१ अर्बको वित्तीय खाडल पूरा गर्न नसकिने देखिन्छ । त्यस्तै, निजी क्षेत्रबाट सन् २०३० सम्ममा रू ७२ खर्ब ७३ अर्ब लगानी आवश्यक पर्ने ठानिएकोमा रू २३ खर्ब चार अर्ब वित्तीय अन्तर देखिने अनुमान आयोगको छ । वार्षिक रुपमा लगानीको हिसाब गर्दा औसत १० खर्ब ३९ अर्ब लगानी आवश्यक पर्नेमा रू तीन खर्ब २९ अर्ब कम पर्न जाने देखिन्छ ।

एसडिजी प्राप्त गर्नका लागि सहकारी तथा गैरसरकारी क्षेत्र र घरपरिवारबाट हुने लगानीको आङ्कलन आयोगले गरेको भएपनि यी क्षेत्रमा वित्तीय अन्तरको अनुमान गरिएको देखिँदैन । सहकारी तथा गैरसरकारी क्षेत्रबाट सन् २०३० सम्ममा रू एक खर्ब २६ अर्ब अर्थात् वार्षिक रू १८ अर्ब लगानीको अनुमान गरिएको छ । त्यस्तै घरपरिवारबाट सन् २०३० सम्ममा रू एक खर्ब १९ अर्ब अर्थात् वार्षिक औसत रू १७ अर्ब लगानी आवश्यक पर्ने ठानिएको छ ।

यसरी एसडिजी कार्यान्वयनका लागि वित्तीय स्रोतको ठूलो अन्तर देखिएको औंल्याउनुहुँदै राष्ट्रिय योजना आयोगका कार्यक्रम निर्देशक अनिता पौडेल त्यसलाई पूर्ति गर्नका लागि उच्च अङ्कको आर्थिक वृद्धि, सबल वैदेशिक सहायता परिचालन, विभिन्न तहबीच समन्वय, कराधारमा हेरफेरजस्ता रणनीति अबलम्बन गर्न आवश्यक रहेको बताउनुहुन्छ ।

“एसडिजी लगानी आवश्यकता र उपलब्ध स्रोतहरुको विश्लेषणअनुसार सन् २०२४–३० को अवधिमा औसत कुल गार्हस्थ्य उत्पादनको ११ दशमलव १ प्रतिशतको वित्तीय अन्तर रहने देखिन्छ”, पौडेल भन्नुहुन्छ, “पूर्वाधार, दिगो शहर, शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाईजस्ता क्षेत्रमा सबैभन्दा ठूलो वित्तीय अन्तर देखिएको छ ।”

गैरसरकारी संस्था, सहकारी र घरपरिवार क्षेत्रको योगदान तथा औपचारिक विकास सहायता (ओडिए) र प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) मा अनुमानित १० प्रतिशतको वृद्धि पछि पनि ठूलो वित्तीय अन्तर कायम रहने उहाँको भनाइ छ । एसडिजीको वित्तीय अन्तर पूर्ति गर्न बाह्य साझेदारहरुबाट विकास सहयोग बढाउन आवश्यक रहेको निर्देशक पौडेल बताउनुहुन्छ ।

कुन लक्ष्य पूरा गर्न कति लगानी आवश्यक

दिगो विकास लक्ष्य प्राप्त गर्नका लागि सन् २०२४ देखि सन् २०३० सम्म औसतमा कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४५ दशमलव चार प्रतिशत लगानी आवश्यक हुने अनुमान गरिएको छ । दिगो विकास लक्ष्यहरुमध्ये कुल लगानी आवश्यकताको सबैभन्दा ठूलो हिस्सा लक्ष्य–९ को कार्यान्वयनका लागि आवश्यक हुने आयोगले जनाएको छ ।

दिगो विकास लक्ष्य–९ उद्योग, नवीन खोज र पूर्वाधार क्षेत्रसँग सम्बन्धित छ । यस क्षेत्रमा कुल लगानीको २४ प्रतिशत लगानी आवश्यक पर्ने जनाइएको छ । एसडिजी लक्ष्य–९ पूरा गर्नका लागि सन् २०३० सम्म कुल रू ५२ खर्ब सात करोड अर्थात् वार्षिक औसत रू सात खर्ब २८ अर्ब आवश्यक पर्ने अनुमान गरिएको छ । त्यसैगरी, लक्ष्य–७ अर्थात् स्वच्छ ऊर्जाका क्षेत्रमा कूल लगानीको १२ प्रतिशत अर्थात् सन् २०३० सम्ममा रू २५ खर्ब १४ अर्ब र लक्ष्य–१ अर्थात् गरिबी अन्त्यका लागि ११ प्रतिशत अर्थात् रू २५ खर्ब १५ अर्ब लगानी चाहिने आयोगको अनुमान छ ।

लक्ष्य–२ (शून्य भोकमरी) का लागि हरेक वर्ष औसत रू एक खर्ब ५८ अर्ब, लक्ष्य–३ (स्वस्थ्य र समुन्नत समाज) का लागि रू दुई खर्ब ६४ अर्ब, लक्ष्य–३ (गुणस्तरीय शिक्षा) का लागि रू दुई खर्ब ९८ अर्ब र लक्ष्य–४ (लैङ्गिक समानता) का लागि रू छ अर्ब आवश्यक पर्ने देखिएको छ ।

त्यस्तै, खानेपानी र सरसफाई (लक्ष्य–६)का लागि रू एक खर्ब ८२ अर्ब, मर्यादित श्रम र आर्थिक विकास (लक्ष्य–८) का लागि रू ८६ अर्ब, दिगो शहर र समुदाय विकास (लक्ष्य–११) का लागि रू दुई खर्ब २३ अर्ब, जलवायु कार्य (लक्ष्य–१३) का लागि रू २९ अर्ब र जमिन माथिको जीवन (लक्ष्य–१५) का लागि रू ५१ अर्ब र शान्ति तथा न्याय (लक्ष्य–१६) का लागि रू दुई खर्ब ९५ अर्ब लगानी आवश्यक पर्ने देखिएको छ ।

लगानी स्रोत जुटाउन रणनीति

दिगो विकास लक्ष्य कार्यान्वयनका लागि लगानी आवश्यकता पूर्ति गर्न सार्वजनिक, निजी, सहकारी र घरपरिवारस्तरबाट वित्तीय स्रोत उपलब्ध हुने गरी रणनीति तयार पारिएको आयोगले जनाएको छ । सार्वजनिक क्षेत्रबाट दिगो विकास लक्ष्यको कुल लागत आवश्यकतामध्ये ५७ दशमलव पाँच प्रतिशत लगानी परिचालन हुने अनुमान गरिएको छ । जसमा सङ्घ सरकारको ७०, प्रदेशको नौ र स्थानीय सरकारहरूको तर्फबाट २१ प्रतिशत लगानी आवश्यक पर्ने ठानिएको छ । त्यस्तै, निजी क्षेत्रबाट ३४.३५ प्रतिशत, सहकारी तथा गैर सरकारी क्षेत्रबाट चार दशमलव १८ प्रतिशत र घरपरिवार स्तरबाट तीन दशमलव ९५ प्रतिशत लगानी परिचालन हुने अनुमान गरिएको छ ।

सङ्घीय तहहरुमा स्रोत परिचालन रणनीति आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ । राजस्व परिचालनका क्षेत्रमा गैरबजेटरी खर्चलाई बजेट ढाँचामा एकीकरण गर्नुपर्ने, सेवा शूल्क र शुल्कको कभरेज विस्तार गर्ने, सार्वजनिक सेवा प्रवाहमा निजी क्षेत्रलाई संलग्न गराउनेलगायतका विषय राखिएका छन् । त्यस्तै, कराधार विस्तार, छुट तथा अनुदानको पुनरावलोकन गरी क्रमशः घटाउँदै लग्नुपर्ने, करका दरहरु परिमार्जन गर्ने, राजश्व चुहावट नियन्त्रणलगायतका क्षेत्रमा काम गर्नुपर्ने देखिएको छ ।

सार्वजनिक निकायहरु, संस्थान, संघसंस्थाबाट उठेको राजस्व सोझै सञ्चित कोषमा आउने व्यवस्था मिलाउने रणनीति आवस्यक रहेको पनि आयोगले जनाएको छ । वैदेशिक सहायता परिचालन नीतिमा परिमार्जन, सार्वजनिक खर्चको लागत प्रभावकारिता वृद्धि तथा पुनः प्राथमिकीकरणलगायतका विषयमा ध्यान पु¥याउन आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रदेश र स्थानीयस्तरमा पनि स्रोत परिचालन रणनीति बनाई लागू गरिनुपर्ने सुझाव आयोगको छ । प्राकृतिक स्रोत तथा वित्तीय हस्तान्तरण गरिएका स्रोतको अधिकतम उपयोग गर्ने र आन्तरिक स्रोत परिचालनका लागि पहल गर्ने नीति नीति अबलम्बन गरिनुपर्ने आवश्यकता आयोगले औंल्याएको छ । सार्वजनिक–निजी साझेदारी (पिपिपी) र सार्वजनिक–समुदाय सहभागिता (पिसिपी) प्रवर्द्धनको नीति आवश्यक रहेको पनि आयोगले जनाएको छ । वैकल्पिक वित्तीय स्रोतको पहिचान आवश्यक पर्ने पनि प्रतिवेदनमा उल्लेख छ । रासस