३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला कबड्डीको पाँचौं खेलमा नेपालको हार (तस्बिरहरु)



अ+ अ-

काठमाडौँ। नेपालले बंगलादेशसँगको महिला कबड्डी शृंखलाको पाँचौं खेलमा हार व्यहोरेको छ । सातदोबाटोस्थित तेक्वान्दो प्रशिक्षण हलमा शुक्रबार पाँचौं खेलमा नेपाल पाहुना टोली बंगलादेशसँग २८–२३ अंकले पराजित भएको हो ।

यससँगै नेपालले श्रृंखला ३–२ को नतिजामा नै चिक्त बुझाएको छ । बिहीवार चौथो खेलमा जित निकाल्दै नेपालले पाँचौं खेलअगाडि नै शृंखला आफ्नो पक्षमा पारेको थियो । त्यसैले शुक्रबार पाँचौं खेलमा जित निकाल्दै दुवै टोली श्रृंखलाको सुखद अन्त्य गर्न चाहन्थे । तर पाँचौं खेलमा नेपालले अग्रता जोगाउन नसक्दा हार व्यहोर्नुपर्यो ।

पहिलो हाफमा १४–७ को अग्रता जोगाउन नसक्दा नेपालले हार सामना गर्नुपरेको हो । बंगलादेश पहिलो हाफमा एकपल्ट अलआउट भयो ।तर दोस्रो हाफमा भने नेपालले लय जारी राख्न सकेन । बंगलादेशले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै जित निकाल्यो । यो हाफमा बंगलादेशले २१ अंक जोड्दै उत्कृष्ट पुनरागमन गर्यो ।

यस क्रममा नेपाली टोली दुईपल्ट अलआउट पनि हुन पुग्यो र हार सामना ग¥यो । बंगलादेशको जितमा मेहबी चम्का प्लेअर अफ दी म्याच भइन् । उनले पाँच हजार नगद पुरस्कार पाइन् । प्लेअर अफ दी सिरिज भने नेपाली कप्तान मानमती बिष्ट भइन् । उनले ट्रफी र १५ हजार रुपैयाँ नगद पुरस्कार पाइन् ।

श्रृंखलामा च्याम्पियन नेपाललाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, राष्ट्रिय खेलकुद परिषद्की कर्मचारी संघकी अध्यक्ष सरस्वती केसी र कबड्डी संघका महासचिव अरविन्दकुमार झा लगायतले पुरस्कृत गरे । नेपालले यसअघि तेस्रो खेलमा पनि हार बेहोरेको थियो । —न्युज एजेन्सी नेपाल