२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

बागमती प्रदेशः डढेलोबाट नौ हजार छ सय हेक्टर वनमा क्षति

बागमती प्रदेशः डढेलोबाट नौ हजार छ सय हेक्टर वनमा क्षति
अ अ+ अ-

बागमती। बागमती प्रदेशको विभिन्न जिल्लास्थित सामुदायिक वनमा बर्सेनि हुने वन डढेलोका कारण थुप्रै नवजङ्गल तथा बिरुवा विनाश हुने गरेका छन् । मानवीय लापर्वाहीका कारण हुने डढेलोबाट मानवीय क्षतिसँगै वनस्पति, जीवजन्तु र जैविक विविधतामा क्षति हुने गर्दछ ।

गत माघदेखि चैतसम्म बागमती प्रदेशका विभिन्न जिल्लामा डढेलोका कारण करिब नौ हजार ६०० भन्दा बढी हेक्टर वनमा क्षति पुगेको प्रदेशका वन निर्देशनालयका सूचना अधिकारी टेकनारायण श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार डढेलोबाट सबैभन्दा बढी चितवनमा चार हजार २२१ हेक्टर वन क्षेत्रमा क्षति पुगेको छ भने सबैभन्दा कम दोलखामा २३ दशमलव ५५ हेक्टर क्षेत्रफलमा नोक्सानी भएको छ ।

रामेछापमा एक सय ५०, सिन्धुलीमा पाँच सय ९२, रसुवामा एक सय ६४ दशमलव एक, धादिङ्गमा दुई सय ९८, काभ्रेमा एक सय ८९ र नुवाकोटमा ६७ हेक्टर वन क्षेत्रमा क्षति भएको बागमती प्रदेश वन निर्देशनालयले जनाएको छ ।  ती जिल्लाका सामुदायिक वनहरूमा लागेको डढेलोबाट करिब १५ लाखभन्दा बढी बोटबिरूवा जलेर नष्ट भएका सूचना अधिकारी श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार डढेलोका कारण मकवानपुरको राप्तीमा एक जनाको मृत्यु भएको छ ।

जङ्गलमा लागेको डढेला बस्तीसम्म पुग्दा रामेछापमा तीन जनाको चार वटा घर, दुई वटा गोठ, आधा दर्जन बाख्रा र ३५ वटा कुखुरा जलेर मरेका डिभिजन वन कार्यालय रामेछापका प्रमुख उमाशङ्कर जयसवालले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा गत वर्ष लागेको डढेलोले वनका कलिला बिरूवा नष्ट गरेको छ ।

गाउँ बस्तीमा समूहहरू निर्माण गरेर डढेलोसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेपछि अघिल्ला वर्षको तुलनामा गत वर्ष करिब ६० प्रतिशतले डढेलो नियन्त्रणमा आएको प्रमुख जयसवालले बताउनुभयो ।

डढेलो नियन्त्रणका लागि पालिकास्तरीय समितिहरू बनाएका छौँ, सुरक्षा निकायसँग पनि निरन्तर समन्वय भइरहेको छ”, प्रमुख जयसवालले भन्नुभयो, “डढेलो लागेलगत्तै हामी ती समूहहरूसँगै नियन्त्रणमा जुटिहाल्छाँै, त्यसमा सुरक्षाकर्मीको पनि साथ पाइरहेका छौँ ।” अघिल्लो वर्ष करिब एक हजार ८०० हेक्टरमा लागेको डढेलो गत वर्ष छ सय ५० हेक्टर क्षेत्रफलमा मात्र लागेको उहाँले जानकारी दिनुभयो ।

बागमती प्रदेशको कूल क्षेत्रफलको ५९ दशमलव २७ प्रतिशत अर्थात् १२ लाख ४३ हजार ८४४ हेक्टर जमिन वन क्षेत्रले ओगटेको छ । बर्सेनि हुने डढेलो नियन्त्रण गर्न प्रदेशका जिल्लाहरूमा सचेतनामूलक कार्यक्रमसँगै ह्याढडपम्पसहिका उपकरण वितरण गरिएको प्रदेश वन निर्देशनालयका सूचना अधिकारी श्रेष्ठको भनाइ छ ।

दोषी कानुनी दायरा नआउँदा समस्या

वनजङ्गलमा हुने डढेलोको मुख्य कारण मानवीय लापर्वाही हो । मानवका कारण वन क्षेत्रमा बर्सेनि डढेलो लाग्ने गरे पनि दोषीहरू कानुनी दायरा नआउँदा घटनामा कमी आउन नसकेको डिभिजन वन कार्यालय रामेछापका प्रमुख जयसवालले बताउनुभयो । उहाँका अनुसार वन क्षेत्रमा डढेलो लगाउने छ जनालाई यस वर्ष डिभिजन वन कार्यालयले पक्राउ परेको छ ।

“गाउँलेहरूले वनमा आगो लगाउनेको सूचना दिएपछि हामीले ती व्यक्तिलाई पक्राउ ग¥यौँ”, उहाँले भन्नुभयो, “त्यसपछि सरकारी वकिलमार्फत मुद्दा चलाउन प्रक्रिया अघि बढाउने क्रममा मुचुल्काका लागि यकिन बयान दिने व्यक्ति नभएपछि मुद्दा अघि बढ्न सकेन ।” वनसम्बन्धी ऐनमा डढेलो लगाउने व्यक्तिलाई रु ६० हजार जरिवाना, तीन वर्ष कैद वा दुवै सजाय हुनसक्ने कानुनी व्यवस्था छ । रासस