६ पुष २०८२, आईतवार
,
Latest
टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रममन्त्री भण्डारी र बोस्नियाका मिसन उपप्रमुखबीच छलफल



अ+ अ-

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र बोस्निया र हर्जगोभिना दूतावासका मिसन उपप्रमुख आर्मिन मेसिनोभिकबीच श्रम सम्झौता गर्ने विषयमा छलफल भएको छ ।

आज मन्त्रालयमा मन्त्री भण्डारी र भारतको नयाँ दिल्लीस्थित बोस्निया र हर्जगोभिना दूतावासका मिसन उपप्रमुख मेसिनोभिकबीच नेपाली कामदार लैजाने विषयमा द्विपक्षीय छलफल भएको मन्त्रीको निजी सचिवालयले जानकारी दिएको हो ।

उक्त छलफलमा नेपाली कामदारका लागि बोस्निया अवसरको नयाँ गन्तव्य हुने भएकाले द्विपक्षीय श्रम सम्झौताका लागि प्रक्रियासहित मिसन उपप्रमुख मेसिनोभिकले प्रस्ताव अघि सार्नुभएको थियो ।

छलफलमा मन्त्री भण्डारीले द्विपक्षीय सम्झौताका लागि प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । पछिल्लोे समय युरोपका विभिन्न देशहरूसँग नेपाली श्रमिक कामदार लैजाने सम्बन्धमा द्विपक्षीय श्रम सम्झौता तथा गृहकार्य अगाडि बढिरहेको उल्लेख गर्दै उहाँले बोस्निया पनि नेपाली कामदारका लागि नयाँ श्रम गन्तव्यका रूपमा बन्नसक्ने भएकाले श्रम सम्झौता गर्न छलफल गरिएको उहाँले बताउनुभयो ।

नेपाली श्रमिकका लागि आवश्यक तालिम सञ्चालन गरी दक्ष जनशक्ति उत्पादनमार्फत वैदेशिक गन्तव्यमा पठाउन श्रम मन्त्रालयले पहल थालेको मन्त्री भण्डारीले जानकारी दिनुभयो । बोस्नियाबाट जनशक्ति माग भए सोहीअनुसार दक्ष जनशक्ति तयार गरी रोजगारीका लागि पठाइने उहाँले बताउनुभयो ।  रासस