३० जेष्ठ २०८३, शनिबार
,
Latest
काठमाडाैं । जलवायु परिवर्तनका कारण मानव जीवन, जीविकोपार्जन र समग्र पर्यावरणीय सन्तुलनमा गम्भीर चुनौती खडा… पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई निर्माण सामग्रीको मूल्यवृद्धिले सडक योजनाका कार्य प्रभावित ‘भारतीय पर्यटकको आगमनले पोखराको पर्यटन क्षेत्र उत्साहित, होटल र पर्यटकीय स्थलहरू भरिभराउ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यक्तिगत आवास तथा विकासका योजना भूकम्प लगायतका प्रकोपहरु धान्न सक्नेगरी निर्माण गर्न जरुरीः गृहमन्त्री लेखक



अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले व्यक्तिगत आवास तथा विकास निर्माणका योजनाहरुलाई भूकम्पलगायतका प्रकोपहरु धान्न सक्नेगरी निर्माण गर्न जरुरी रहेको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंको धरहरामा आयोजित भूकम्प स्मृति दिवसलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले यस्तो बताउनुभएको हो । प्रकृतिसँग अनावश्यक खेलवाड गर्न नहुनेमा उहाँको जोड छ । उहाँले विपद् निम्तिने गरेर प्रकृतिलाई चलाउन नहुने समेत बताउनु भयो । उहाँले भूकम्प लगायतका सम्भावित प्रकोपहरुलाई मध्यनजर गर्दै गुणस्तरीय भौतिक संरचना निर्माण गर्नु आजको आवश्यकता रहेको पनि बताउनु भयो । जुनसुकै बेला भूकम्प आउनसक्छ भन्ने मानसिकताका साथ काम गर्न समेत उहाँले सबैलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले प्रकृतिसँग खेलवाड गर्नु हुँदैन । प्रकृति आफ्नै नियममा रहन्छ । प्रकृतिलाई आफ्नो लागि प्रयोग गर्नु हुँदैन । कमसेकम विपद् निम्तिने गरेर प्रकृतिलाई चलाउनु हुन्न । हामीले जोखिम आउनसक्ने सम्भावनाहरु भएको हुनाले भौतिक संरचना निर्माण गर्दा त्यही गुणस्तर र त्यही मजबुतका साथ निर्माण गर्न जरुरी छ । व्यक्तिगत भवन तथा आवासहरु अथवा योजनाहरु उच्च गुणस्तरको र भूकम्पजस्ता प्रकोप र विपद्हरुलाई धान्नसक्ने बनाउन जरुरी छ । मैले पटक पटक भन्ने गरेको छु । जुनसुकै बेला जेसुकै हुनसक्छ । जुनसुकै बेला भूकम्प आउनसक्छ । किनभने कुनै पूर्वानुमानले काम गर्दैन । अहिले पनि भूकम्प आउनसक्छ । त्यसकारण जुनसुकै बेला भूकम्प आउनसक्छ भन्ने मानसिकताका साथ तयारी गर्न जरुरी छ ।’

सम्भावित विपद्बाट हुने क्षती न्युनिकरणको लागि सरकार क्रियाशील रहेको मन्त्री लेखकको भनाई छ । उहाँले कुनैपनि प्रकारको विपद्को सामना गर्न सरकार प्रतिवद्ध रहेको दाबी गर्नुभयो । उहाँले अगामी आर्थिक वर्षको बजेटमा भूकम्प लगायतका विपद्हरुको सामना गर्न स्थानीय तहलाई सशक्त बनाउने गरी ल्याइने समेत बताउनु भयो ।