२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

पाँच सामुदायिक वनमा जिप सफारी

पाँच सामुदायिक वनमा जिप सफारी
अ अ+ अ-

चितवन। पूर्वी चितवनका पाँच सामुदायिक वनमा जिप सफारी सुरु गरिएको छ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले आज जिप सफारीको शुभारम्भ गर्नुभएको हो ।

मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिले टिकौली, मिलीजुली, चित्रसेन, बाघमारा मध्यवर्ती सामुदायिक वन र खोरसोर संरक्षित वनलाई जोडेर खगेरी राप्ती मध्यवर्तीमा जिप सफारी सुरु गरेको हो । सो अवसरमा मन्त्री शाहीले वनको समुचित उपयोग गर्ने नीति सरकारले लिएको बताउनुभयो ।

वन, वन्यजन्तु र वनस्पतिलाई पर्यटनसँग जोडेर स्थानीय समुदायको जीवनस्तर उकास्ने गरी राष्ट्रिय वनको उपयोग गर्ने नीति सरकारले लिएको उहाँले स्पष्ट पार्नुभयो । मध्यवर्ती क्षेत्रमा अनेकन समस्या रहेको उल्लेख गर्दै मन्त्री शाहीले नियमावली संशोधन गरेर मध्यवर्तीका समस्या हल गर्दै लैजाने बताउनुभयो ।

खोरसोर संरक्षित वनबाट सुरु भएको जिप सफारी टिकौली हुँदै बीसहजारी तालसम्म पर्यटकलाई वन, वन्यजन्तु र जैविक विविधताको अवलोकन गराइनेछ । जसमा २० किलोमिटर दूरी जिप सफारी गर्न पाइनेछ । कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटाले तेस्रो पर्यटकीय गन्तव्य सौराहा रहेको रत्ननगरमा पहिलो पटक जिप सफारी सुरु भएको भन्दै खुसी व्यक्त गर्नुभयो ।

मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले चितवनमा नयाँ पर्यटकीय गन्तव्यको थालनी भएको बताउनुभयो । सो अवसरमा रत्ननगर नगरपालिकाका उपप्रमुख यादव पाठक, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा रामचन्द्र कँडेल, रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका पूर्वअध्यक्ष वासु ढुङ्गाना, अध्यक्ष दुर्गाप्रसाद घिमिरेलगायतले पर्यटन प्रवद्र्धनका लागि सबै क्षेत्र एक हुन जरुरी रहेको बताउनुभयो । यसअघि मन्त्री ठकुरीले आजै राप्ती नदीमा १५ पोथी गोही छाड्नुभएको थियो । रासस