२० भाद्र २०८३, शनिबार
,
Latest
त्यो दिन छात्रावासमा सामान लिन गएको भए… टर्कीको मुद्रास्फीतिमा सामान्य कमी, अगस्टमा ३१.५१ प्रतिशत कायम भोटेकोशी बाढीको कहर: ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’ होर्मुज जलसन्धिमा सेना परिचालन गर्ने विषयमा दक्षिण कोरियाद्वारा समीक्षा प्राकृतिक विपत्ति अकल्पनीय छ, राहत र पुनर्निर्माणलाई प्राथमिकता दिऔँः अध्यक्ष ओली ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई बाढीपीडितका देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो
तपाईं के खोज्दै हुनुहुन्छ ?

माईतीघरमा चिकित्सकहरुको प्रदर्शन



अ+ अ-

काठमाडौँ । सरकारले तोकेको न्युनतम पारिश्रमीक नदिएको भन्दै चिकित्सकहरुले प्रदर्शन गरेका छन् ।

बिहीवार काठमाडौंको माईतीघर मण्डलामा चिकित्सकहरुले प्रदर्शन गरेका हुन् ।

उनीहरुले सरकारले तोकेअनुसार न्युनतम पारिश्रमीक नदिएर श्रम शोषण गरेको आरोप लगाएका छन् । बिहीवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गर्न जान लागेका उनीहरुलाई माईतीघरमै प्रहरीले रोकोको थियो । त्यसपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आन्दोलनरत चिकित्सकहरुलाई वार्तामा बोलाएर छलफल गर्नुभएको छ ।

चिकित्सक संघले आफ्ना मागहरू पूरा नभए वैशाख १२ गते देशभरका आकस्मिक तथा सघन उपचार सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी दिएको छ । उनीहरूले चिकित्सा आयोगद्वारा निर्धारित आठौँ तहको तलब संरचना कार्यान्वयन र शैक्षिक प्रगतिको संरक्षणका लागि पहल गर्न सरकारसँग माग गरेका छन् ।