२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षकका आन्दोलनलाई सम्बोधन गर्न सरकारले ढिलाइ गर्न नहुने



अ+ अ-

काठमाडौँ। सांंसदहरुले शिक्षकका आन्दोलनलाई सरकारले सम्बोधन गर्न ढिलाइ गर्न नहुने सुझाव दिएका छन् ।

आज राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको २७५औँ बैठकमा समितिका सांसदहरुले लामो समयसम्म शिक्षक आन्दोलनरत रहँदा पनि सरकारले गम्भीर रुपमा नलिएकाले तत्काल सम्बोधन गर्नका लागि समितिमार्फत  सरकारलाई सुझाव दिनुपर्ने बताएका हुन् ।

बैठकमा सांसद गोमादेवी तिमल्सेनाले लामो समयको आन्दोलनले विद्यार्थीको पढाइमा असर परिरहेकाले यस विषयमा सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।

अहिले पनि शिक्षक विभिन्न मागसहित आन्दोलनरत छन् । जसले गर्दा विद्यार्थीको भर्ना रोकिएको अवस्था छ । उनीहरुको आन्दोलनलाई कसरी सम्बोधन गर्न सकिन्छ ? भनेर सरकारलाई सुझाव दिनुपर्छ”, उहाँले भन्नुभयो ।

उहाँले गोरखास्थित बारपाकमा २०७२ को भूकम्पपछिको पुनर्निमाण र सामाजिक अवस्थाबारे अवलोकन गर्न आवश्यक रहेको सुझाव दिनुभयो । सांसद सुमित्रा विसीले पछाडि परेका प्रदेशहरुलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिनुपर्ने माग गर्नुभयो ।

समितिका सभापति मायाप्रसाद शर्माले बैठकमा   उठाइएका विषयबस्तुलाई सम्बोधन गर्न छलफल गरिने प्रतिबद्धता जनाउनुभयो । रासस