२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती News Polar दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै News Polar सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार News Polar भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या News Polar काभ्रेका अवैध क्रसर–खानीलाई मापदण्डमा आउन समयसीमा News Polar नेपालगन्जमा ऐतिहासिक रामलीला सुरु News Polar बालउद्धार माविका प्राचार्य कुटपिट प्रकरणमा दुई जना पक्राउ News Polar बूढीगण्डकी बाढीः चार जलविद्युत् आयोजनामा क्षति News Polar बेरुजु घटाउन मुख्यमन्त्रीको निर्देशन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त , मधु , बिनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता

चीनमा नेपाली पाककला र सांस्कृतिक सम्पदाको प्रवर्द्धन

चीनमा नेपाली पाककला र सांस्कृतिक सम्पदाको प्रवर्द्धन
अ अ+ अ-

काठमाडौँ। चीनमा विभिन्न नेपाली खानाका परिकार, पाककला र सांस्कृतिक सम्पदाको प्रवर्द्धन गरिएको छ । चीनको राजधानी बेइजिङस्थित नेपाली राजदूतावासमा सोमबार ‘नेपाल फुड फेस्टिवल २०२५’ मार्फत नेपाली पाककला र संस्कृतिको प्रवर्द्धन गरिएको हो ।

नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव तथा नेपाल भ्रमण वर्ष २०२५ को अवसरमा चीनमा नेपाली पाक कला तथा सांस्कृतिक सम्पदाको प्रवद्र्धनका लागि यो कार्यक्रम आयोजना गरिएको नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक सुनिल शर्माले जानकारी दिनुभयो ।

कार्यक्रममा परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भिडियो सन्देशमार्फत नेपालका विविधतायुक्त एवं समृद्ध पाक परम्पराको चर्चा गर्दै विश्वभरका नागरिकहरूलाई नेपाल भ्रमण गरी नेपाली खाना संस्कृतिको प्रत्यक्ष अनुभव लिन आह्वान गर्नुभयो ।

चीनका लागि नेपाली राजदूत डा कृष्णप्रसाद ओलीले नेपाली मौलिक परिकारहरू संसारका अन्य स्थानहरूमा पाइने परिकारभन्दा पृथक र विशेष रहेको उल्लेख गर्दै सहभागीहरूलाई नेपाल भ्रमण गर्न आमन्त्रण गर्नुभयो । विश्व पर्यटन महासङ्घका उपाध्यक्ष स्यु पेंगले चीनमा नेपाली खाना प्रवर्द्धन गर्ने यस प्रयासको प्रशंसा गर्दै नेपाली खानाको स्वाद र त्यससँग जोडिएको स्थानीय संस्कृति अनुभव गर्न आग्रह गरेका छन् ।

चाइना एशोसिएशन अफ ट्राभल सर्भिसका उपमहासचिव जिन झान लिनले नेपाल र चीनबीचको सांस्कृतिक तथा पर्यटन उद्योगको सहकार्य अझ सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो । होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले नेपाली मौलिक परिकारहरू प्रवर्द्धन गर्नाले पर्यटकहरूलाई नेपालका परम्परागत स्वाद चाख्न थप प्रेरणा मिल्ने बताउनुभयो ।

 त्यस अवसरमा नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक सुनिल शर्माले नेपालको आकर्षक पर्यटकीय गन्तव्यबारे प्रस्तुतीकरण दिनुभएको थियो । उहाँले नेपाली पाक संस्कृतिलाई थप बुझेर मात्र नपुग्ने भएको अनुभव लिनका लागि नेपाल भ्रमणका लागि आग्रहसमेत गर्नुभयो । खाना महोत्सवमा सेलरोटी, मःमः, यमरी, जुजु धौ, कागुनुको खीर, चटामरी, छोइला, बरा, गुन्द्रुक, मुस्ताङ आलुलगायतका नेपाली परिकारहरु राखिएको थियो ।

यसका साथै थाङ्का, मूर्तिहरू, पश्मिना, सिंगिङ बाउल, गलैँचा, गरगहनाहरू, नेपाली चिया र नेपाली हस्तकलाका सामग्रीहरू प्रदर्शनीमा राखिएका थिए । कार्यक्रममा नेपाली सांस्कृतिक नृत्य तथा गीतसङ्गीत प्रस्तुत गरिएको थियो ।

चार सयभन्दा बढी सहभागीहरूको उपस्थिति रहेको कार्यक्रममा चिनियाँ सरकारी अधिकारीहरू, कूटनीतिक समुदायका प्रतिनिधिहरू (बोलिभिया, बुल्गेरिया, भारत, जापान, श्रीलंका र पनामा लगायतका राजदूतहरू), विश्व पर्यटन महासंघ, चाइना एसोसिएसन अफ ट्राभल सर्भिस, ट्राभल एजेन्सी, साथै नेपाली तथा चिनियाँ समुदायका प्रतिनिधि र सञ्चारकर्मी सहभागी भएका थिए । रासस