२९ मंसिर २०८२, सोमबार
,
Latest
एमाले महाधिवेशनस्थलः साजसज्जाले चिटिक्क, प्रविधिको उच्चतम प्रयोग उपाध्यक्षमा प्रस्ताव गरिएका प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा मात्र दिए उम्मेदवारी चुनौतिपूर्ण राजनीतिको सामना गर्न महासचिवमै दोहोरिने निर्णय गरेँः शंकर पोखरेल अनिल सिन्हाको संयोजकत्वमा सरकारले बनायो दलहरूसँग संवादका लागि समिति रूद्रकली र खगेन्द्रप्रसादलाई सौराहाबाट विदाई योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त प्रधानाध्यापक ठाकुरविरूद्ध अदालतमा भ्रष्टाचार मुद्दा दायर अग्नि खरेलले छाडे ओलीको साथ, सचिवमा स्वतन्त्र उम्मेदवारी दर्ता एमाले महाधिवेशनः भीम आचार्यद्वारा उपाध्यक्ष पदमा मनोनयन दर्ता यु–१९ एसिया कपः बङ्गलादेशद्वारा नेपाल पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिक्किममा निश्चललाई स्वर्ण



अ+ अ-

काठमाडौं । सिक्किमको ग्याङटकमा भएको उसु प्रो फाइट नाइटमा नेपालका निश्चल तामाङले स्वर्ण जितेका छन् । सिक्किमका राष्ट्रिय खेलाडीलाई पराजित गर्दै निश्चलले स्वर्ण जितेको टोलीका प्रशिक्षक राजीव महर्जनले जनाएका छन् ।

प्रशिक्षक महर्जनका अनुसार सिक्किमका मुख्यमन्त्रीले निश्चललाई गाेर्खाली युवा पदकसहित ५० हजार भारतीय रुपैयाँबाट पुरस्कृत गरे ।

निश्चलले सिक्किमका मुख्यमन्त्रीबाट युवा खेलाडीको सम्मान पाउँदा हर्ष लागेको बताउदै अझै खेल क्षेत्रमा लाग्न हौसला मिलेको बताए ।

निश्चलसहित प्रतियोगितामा मार्सल आट्र्स अर्गनाइजेसन नेपालबाट ५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । बाँकी ४ खेलाडी मिलन राई, कमल आचार्य, मिलन तामाङ र विनोद श्रेष्ठ दोश्रो हुँदै जनही २०–२० हजार भारतीय रुपैयाँ नगद पुरस्कार पाएको टिम व्यवस्थापक किरण साउदले जानकारी दिए । प्रतियोगिता सिक्किम एमेच्योर उसु संघको आयोजनामा भएको हो ।

प्रशिक्षक महर्जनले ग्याङटकस्थित डेन होम स्टेका सञ्चालक केलन तामाङको सहयोग प्रति आभार व्यक्त गर्दै सिक्किम एमेच्योर उसु संघ र मार्सल आर्ट अर्गनाइजेसन नेपालबीच उसु खेलको विकास र विस्तारका लागि सहमति भएको जानकारी गराए ।