३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोबर्टो कार्लोसको नेपाल भ्रमण स्थगित



अ+ अ-

काठमाडौँ। एनसेल नेपाल सुपर लिग (एनएसएल) का विशेष अतिथि रूपमा नेपाल आउन लागेका ब्राजिलियन फुटबल लिजेन्ड रोबर्टो कार्लोसको भ्रमण स्थगित गरिएको छ। आयोजकका अनुसार स्वास्थ्य समस्या भएपछि शुक्रबारको आगमन रद्द गरिएको हो।

शनिबारको खेलमा उनी विशेष अतिथि बन्ने कार्यक्रम थियो। आयोजकले फाइनलसम्म उनलाई जसरी पनि ल्याउने प्रयास जारी रहेको जनाएको छ।

दर्शकलाई निराश नहुन आग्रह गर्दै आयोजकले शनिबारको टिकट फिर्ता गर्न चाहनेले फिर्ता गर्न सक्ने र चाहनेले फाइनलसम्मको लागि होल्ड गर्न सकिने जानकारी दिएको छ।