४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर

हास्य हराएको मान्छेको भूमिका निर्वाह गर्न चाहन्थेँः अभिनेता आचार्य

हास्य हराएको मान्छेको भूमिका निर्वाह गर्न चाहन्थेँः अभिनेता आचार्य
अ+ अ-

काठमाडौँ । कलाकार हरिवंश आचार्यको पहिचान नै हास्य व्यङ्ग्यात्मक प्रहसन र प्रस्तुति रहँदै आएको छ । तर, विसं २०७९ मा प्रदर्शन भएको चलचित्र ‘महापु रुष’ मार्फत राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट अभिनेता घोषणा भएर पुरस्कृत हुनुभएपछि उहाँले आफूलाई नियमितभन्दा फरक भूमिकामा कला प्रस्तुत गर्दै आउनुभएको छ ।

सतसठ्ठी वर्ष पुगिसक्दा पनि आफ्ना कामलाई उहाँले गम्भीरतापूर्वक लिनुहुन्छ र नयाँ कलाकारझैँ मेहनत गरेर आफ्नो कर्म गर्नुहुन्छ । उहाँले चलचित्र ‘भूठान’ मा नियमितभन्दा फरक अभिनय गर्नुभएको छ । अर्थात् चलचित्रभर हसाएको दृश्यमा उहाँ देखिनुहुन्न । चलचित्र ‘बलिदान’ पछि पूर्णतया गम्भीर पात्रमा आफू पहिलोपटक देखिएको अभिनेता आचार्यले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मलाई हास्य हराएको मान्छे बनेर चलचित्रमा अभिनय गर्ने रहर थियो, त्यो यसपटक पूरा भएको छ । मैले ‘महापुरुष’मा पनि आफ्नो छविभन्दा फरक रुपमा प्रस्तुत हुने कोसिस गरेको थिएँ, तर त्यसमा निर्देशकले मलाई सन्तुलित रुपमा प्रस्तुत गर्नुभयो । यसपटक भने फिल्म अवधिभर एकपटक मात्र हाँसेको छु ।”

चलचित्रको श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक गर्दै उहाँले सुरुमा कथाअनुसारको पात्र भएर बाँच्न कठिनाइ भएको स्मरण गर्नुभयो । किनकि उहाँले यस किसिमको पात्रको भूमिकामा रही अभिनय नगरेको धेरै भएको थियो । यद्यपि कथा र उठान गरिएको विषयवस्तुले भने अभिनेता आचार्यलाई लोभ्याएको थियो ।

“एउटा कलाकारले कहिले पनि राम्रो कथालाई छाड्न सक्दैन । फिल्ममा अभिनय गर्नेक्रममा निर्देशकले तपाईँ नेपाल जान नपाउने हुनुभयो भने के गर्नु हुन्छ, भनेर प्रश्न गरेपछि सुरुमा एकछिन अप्ठ्यारोमा परेँ । त्यही भावलाई चलचित्रमा प्रस्तुत गर्न भन्नुभयो, त्यही गरेँ । अहिले फर्केर हेर्दा राम्रै गरेँजस्तो लाग्छ”, अभिनेता आचार्यले स्प्ष्ट गर्नुभयो ।

उहाँले चलचित्रमा भूठानबाट अमेरिका पुगेको एक व्यक्तिको भूमिका निर्वाह गर्नुभएको छ । उक्त व्यक्ति आफ्नै देशमा फर्किन चाहेन्थे तर नसकिरहेको घटनाक्रममा आधारित भई अभिनेता आचार्यले चलचित्रमा अभिनय गर्नुभएको छ ।

विनोद पौडेलले निर्देशन गर्नुभएको चलचित्रमा अभिनेता आचार्यसँगै हलिउड अभिनेता ब्रुस डर्न, दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द लामा, रिचा घिमिरे, जोएस पाण्डेलगायतका कलाकारले अभिनय गर्नुभएको छ । चलचित्र ‘भूठान’ यही वैशाख १२ गतेदेखि देशभर प्रदर्शन हुने बताएको छ ।