३१ जेष्ठ २०८३, आईतवार
,
Latest
अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला नेपालमा राजसंस्था पुनस्र्थापना नभई देश र जनताले सुख र शान्ति पाउँदैनन्ः दुर्गा प्रसाईं सिराहाको असारी–भालटार सडक निर्माणको अन्तिम ३०० मिटर खण्ड अलपत्रः छिटो सम्पन्न गर्न स्थानीयको माग कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा प्रधानमन्त्रीको अभिव्यक्ति र सुस्ता विवादलाई लिएर माईतीघरमा विद्यार्थी संगठनको विरोध प्रदर्शन बागमती मन्त्रिपरिषद बैठकः मानवउद्धार पुनःस्थापन कार्यविधि स्वीकृत बालेन सरकारले धेरै गल्ती गरिसक्योः धवलशमशेर राणा पर्सामा एक सय किलो गाँजा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

किन पुरा हुँदैनन् राष्ट्रिय गौरबका आयोजनाहरु, स्रोतको कि ईच्छाशक्तिको अभाव?



अ+ अ-

काठमाडौं । राष्ट्रिय गौरबका आयोजनाहरु समयमै सम्पन्न नहुने, तोकिएको लागतमा पुरा नहुने र गुणस्तरिय रुपमा निर्माण नहुने गरेको समस्या देखिएको छ ।  वर्षौदेखि निर्माण सुरु भएका गौरबका आयोजनाहरु कहिले स्रोत अभाव त कहिले अन्य स्थानीय समस्याहरुका कारण निर्माण सम्पन्न हुन सकेका छैनन ।

राष्ट्रिय योजना आयोगका उपध्यक्ष डा. पुष्पराज कँडेल आयोजनाहरु तोकिएको लागत, समय र गुणस्तरमा काम हुन नसकेको बताउनुहुन्छ । गौरबका आयोजनाहरु जुन गतिमा निर्माण हुनुपर्ने हो त्यो गतिमा हुन नसकेकोले यसमा गम्भिरता पूर्वक ध्यान दिनुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।

आयोजना निर्माणमा अहिले वातावरणिय मूल्याङ्कन, जग्गा अधिग्रहण, वन क्षेत्रको समस्या देखिएको उहाँले बताउनुभयो । विभिन्न मन्त्राललयका सचिवहरुले स्रोतको समस्याका कारण गौरबका आयोजनाहरु निर्माणमा विलम्ब हुने गरेको बताएका छन् ।

राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा भएको छलफलमा मन्त्रालयका सचिवहरुले लक डाउनका कारण केही आयोजनाहरु प्रभावित भएपनि अधिकांश आयोजनामा भौतिक प्रगति सन्तोषजनक रहेको बताएका छन ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले विभिन्न विमानस्थलहरु निर्माणका काम सन्तोषजनक रहेको बताउनुभयो ।

निजगढ विमानस्थलमा भौतिक प्रगति उल्लेख नभएपनि अदालतको फैसला आएपनि बाकी प्रकृया अगाडी बढाइने उहाँले बताउनुभयो । पशुपति गुरुयोजना अनुसार ८४ प्रतिशत काम सम्पन्न भएको र लिम्बिनी क्षेत्र विकासको काम ८५ प्रतिशत सकिएको उहाँले बताउनभुयो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले पुष्पलाल मध्यपहाडी र लोकमार्गमा ५३ प्रतिशत काम भएको बताउनभुयो । गत आर्थिक वर्षमा १ सय ११ किलोमिटर गरी अहिलेसम्म आधा भन्दा बढी सडक कालोपत्रे भएको उहाँले बताउनभुयो । हुलाकी सडकको ५५ प्रतिशत कम सम्पन्न भएको छ ।

गौरबका आयोजना निर्माणमा स्रोतको समस्या देखिएको उहाँले बताउनुभयो ।

उर्जा जलस्रोत तथा सिँचाईमन्त्रालयका सचिव दिनेश घिमिरेले माथिल्लो तामाकोश जिलविद्युत आयोजनामा ७१ प्रतिशत काम सम्पन्न भएको बताउनुभयो । मुख्य सुरुङका लागि परामर्शदाता विज्ञहरु ल्याउनुपर्नै भएपनि अन्तर्राष्ट्रिय उडान बन्द भएका कारण समस्या भइरहेको उहाँले बताउनुभयो ।

बुढीगण्डकी जलविद्युत आयोजनामा अहिलेसम्म ३२ अर्ब २७ करोड १७ लाख बराबरको मुआब्जा वितरण भएको उहाँले बताउनुभयो । कुल ५८ हजार १ सय ५३ रोपनीमध्ये अहिलेसम्म ४७ हजार ३ सय ३९ रोपनीको मुआब्जा वितरण भएको उहाँले तबाउनुभयो ।

सिक्टा सिँचाई आयोजनाको ६३ प्रतिशत भौतिक प्रगति भएको छ । पश्चिम तर्फको ४५ किलोमिटर मुल नहर तयार भइसकेको छ । गत वर्ष आयोजनाबाट १६ हजार हेक्टरमा सिँचाई सुविधा पुगेको छ ।

बाँकेमा मात्रै ९० प्रतिशत क्षेत्रमा सिक्टा सिँचाईको पानीले रोपाई गरिएको छ । रानी जमरा गुलरिया आयोजनामा ४८ प्रतिशत प्रगति भएको छ ।




भर्खरै