४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ

बहिनीको हत्या आरोपमा दाजु पक्राउ

बहिनीको हत्या आरोपमा दाजु पक्राउ
अ+ अ-

काठमाडौँ। लामो अनुसन्धानपछि प्रहरीले काठमाडौँ उपत्यकाको ललितपुरबाट आफ्नै ११ वर्षीया बहिनीको हत्या आरोपमा कान्छो दाजु पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका–१२ मङ्गलबजार बस्ने भगवती बोहराकी ११ वर्षकी छोरी दुर्गा बोहरा बेपत्ता भएको घटनाको अनुसन्धानका क्रममा उक्त तथ्य पत्ता लागेपछि आफ्नै दाजुलाई पक्राउ गरी अनुसन्धान थालिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले आज घटना विवरण सार्वजनिक गर्दै जानकारी दिएको छ ।

कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीका अनुसार चैत ४ गते राति हराएको भनी जिल्ला प्रहरी परिसर ललितपुरमा दिएको निवेदनपश्चात् खोजतलास गर्ने क्रममा मिति चैत २९ गते खपिन्छेँस्थित बाबुराजा अवालेको पुरानो घरको भुइँ तलामा रहेको पानी ट्याङ्कीमा सडेगलेको अवस्थामा उनको शव फेला परेको थियो ।

उक्त घटनाको अनुसन्धान गर्ने क्रममा उक्त घटना मृतकका वर्ष १५ को कान्छो दाइले कर्तव्य गरी हत्या गरेको खुल्न आएको र उनलाई वैशाख १ गते मङ्गलबजार पक्राउ गरी आजै ललितपुर प्रहरीलाई बुझाइएको छ ।

खोजतलास तथा अनुसन्धानका क्रममा अवालेको पाँच तले घरको भुइँ तल्लामा रहेको प्रयोगविहीन सिमेन्टले बनाएको पानी ट्याङ्कीमा दुर्गा बोहराको शव फेला परेको थियो । बाबुराजा अवालेको उक्त घरमा मृतक र परिवार भाडामा बसेपछि अन्यत्र डेरा सरेका थिए ।

उक्त घरमा भाडामा बस्ने अर्को चमेली सुनारको परिवार पनि अन्यत्र डेरा सरेपश्चात् सो घरमा कोही नबसी घर खाली रहेको थियो । चैत ४ गते मृतक र उनका दाजु पहिला डेरामा बस्ने गरेको अवालेको घरतर्फ जाँदै गरेको सिसी टिभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ ।

दाजु बहिनीसँगै गएको फुटेज भेटिएपश्चात् दाजुमाथि शङ्का लागि सोधपुछ गर्दा उसले कोठा सर्दा छुटेका कपडा लिन भनी दाजु बहिनी गएकोमा सामान्य विवाद हुँदा बहिनीलाई पिटेर उक्त ठाउँमा रहेको नाइलनको डोरीले पछाडिबाट घाँटी कसेर भुइँमा लडाइँ छोडी भागेको अनुसन्धानका क्रममा बयान दिएको प्रहरीले जनाएको छ ।

चैत ४ गते दाजुबहिनीले नै लागुऔषधको ट्याब्लेट खाएका थिए र त्यसको नशामा आफू भएकाले त्यस्तो घटना हुन गएको कुरा बताएको र चैत ५ बिहान नशाले छाडेपछि आफूले हिजो बहिनीमाथि गरेको आक्रमण सम्झी उक्त घटनास्थलमा गई हेर्दा बहिनीको मृत्यु भएको देखेको र बहिनीको शव ट्याङ्कीमा हालेर हिँडेको बयान दिएको प्रहरीले जानकारी दिएको छ । आरोपीको परिचय भने प्रहरीले खुलाएको छैन । रासस