४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

सङ्घका नवनिर्वाचित कार्यसमितिलाई सभापति देउवाद्वारा बधाई तथा शुभकामना

सङ्घका नवनिर्वाचित कार्यसमितिलाई सभापति देउवाद्वारा बधाई तथा शुभकामना
अ+ अ-

काठमाडौँ। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।

सङ्घको चैत २९ गते सम्पन्न महाधिवेशनबाट निर्वाचित अध्यक्ष भुवनसिंह गुरुङलगायतको कार्यसमितिलाई उहाँले आज बधाई तथा शुभकामना व्यक्त गर्नुभएको हो । सभापति देउवाले नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले अगाडि सारेका उम्मेदवारलाई विजय गराउन सफल भएकामा नेतृत्वलाई धन्यवाद दिनुभयो ।

पूर्वप्रधानमन्त्री देउवाले वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित ढङ्गले अगाडि बढाउन नयाँ कार्यसमिति लाग्नुपर्ने बताउनुभयो ।  सङ्घका नवनिर्वाचित अध्यक्ष गुरुङले वैदेशिक रोजगार ऐन तथा नियमावलीमा परिवर्तन र सेवा शुल्क परिमार्जनजस्ता दीर्घकालीन सुधारका कामहरू अगाडि बढाउने बताउनुभयो ।

एसोसिएसनका अध्यक्ष दीपक थापाले संगठनले अगाडि सारेका उम्मेदवारविरूद्ध लाग्ने एसोसिएसनकै केही व्यवसायीलाई कारबाही गर्न सहजीकरणका लागि आग्रह गर्नुभएको थियो ।

भेटमा कांग्रेस केन्द्रीय सदस्य प्रकाश रसाइली स्नेही, कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल, सङ्घका नवनिर्वाचित पदाधिकारी एवं सदस्य र एसोसिएसनका प्रतिनिधिको सहभागिता रहेको थियो । रासस