२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै

ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा ‘ललितकला मेला– २०८२’ सुरु

ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा ‘ललितकला मेला– २०८२’ सुरु
अ अ+ अ-

काठमाडौं । नेपाली ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा नववर्ष २०८२ र प्रतिष्ठानको १६ औँ स्थापना दिवसको सन्दर्भ पारेर मङ्गलवारबाट ‘ललितकला मेला– २०८२’ सुरु भएको छ ।

मेलाको प्रतिष्ठानका संरक्षक तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले उद्घाटन गर्नुभयो । उहाँले कलाले ज्ञान, अध्ययन तथा अनुसन्धानको गहिराइमा पुगी समाजको अन्तर्चेतना जगाउने काम गर्ने अनि समाजलाई सही बाटामा लाग्न उत्प्रेरित गर्ने काम गर्ने बताउनुभयो । कला क्षेत्रका परम्परागत ज्ञान, सिपलाई पुस्तान्तरण गर्नुपर्नेमा जोड दिँदै उहाँले यही नै पछिका लागि इतिहास बन्ने धारणा राख्नुभयो । ‘यसरी जीवनदर्शन तथा समाजको परिवेश बोकेको कलामा साधनारत कलासाधकहरू आफ्नो गन्तव्य तय गरी लाग्नुपर्दछ ।’, पाण्डेले भन्नुभयो ।

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रतिष्ठानले पहिलो पटक आयोजना गरेको मेलामा कला सरोकारी, ललितकर्मी, विद्यार्थी, सर्वसाधरणलगायतको उल्लेख्य उपस्थिति रहँदा प्रतिष्ठानलाई थप ऊर्जा मिलेको बताउनुभयो । नेपाली कला क्षेत्रलाई थप चलायनमान बनाउन यस कार्यक्रम गरिएको बताउँदै उहाँले मेलालाई आगामी वर्ष अझ भव्य रूपमा आयोजना गरिने जानकारी गराउनुभयो ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्माले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै ठुलो कुरा सुरुवात साना–साना प्रयासबाटै हुने बताउनुभयो । प्रतिष्ठानका उपकुलपति तथा कार्यक्रम संयोजक लालकाजी लामाले नेपाली ललितकला क्षेत्रमा साधना, सिर्जना र अभ्यासमा रहेका कलाका विविध विधालाई समेटेर मेलाको आयोजना गरिएको बताउनुभयो । उहाँले प्रतिष्ठानलाई कला हबका रूपमा विकास गर्न यस मेलाले महत्वपूर्ण सहयोग गर्ने धारणा राख्नुभयो ।

प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले मेलाले ललितकलाका माध्यमबाट नेपाली मौलिक संस्कृतिको प्रचार–प्रसार, नेपाली ललितकलाको बजार प्रवर्धन, कला पर्यटनको विकासलगायतका क्षेत्रमा थप सहयोग गर्ने बताउनुभयो ।

विभिन्न माध्यमहरूमा बनेका चित्रकला, मूर्तिकला, हस्तकलालगायत लोककला, बहुआयामिक तथा अन्य सिर्जनात्मक कलालगायतका विधा तथा कला सामग्रीको बजार विकास र प्रवर्धन कार्यको थालनीका लागि यस मेला गरिएको हो । मेलाका माध्यमबाट यी विविध विधाका कलाकार, समालोचक, अध्येता, बुद्धिजीवी, अनसन्धाता, कलाकृति तथा कला वस्तुहरूसँगै सर्जकहरूसमेतलाई एकै थलोमा भेला गराई स्थलगत रूपमा ललितकलाको प्रवर्धन तथा कलाकारको सम्मान र ललितकलामार्फत देशको सांस्कृतिक अर्थतन्त्रमा योगदान दिने रहेको छ । समग्रमा यस मेलाले नेपाली ललितकलाको विकासमा टेवा पु¥याउने छ । ४५ भन्दा बढी स्टल रहेको मेला वैशाखको ६ गतेसम्म चल्ने छ ।

तस्बिरहरु ः प्रकास मगर