२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

उसु टोली सिक्किम जाने



अ+ अ-

काठमाडौं: सिक्किम एमेच्योर उसु संघको आयोजना हुन लागेको उसु प्रो नाईट्स फाइटमा सहभागी हुन मार्सल आट्र्स अर्गनाइजेसन नेपालबाट ५ खेलाडीसहित ८ सदस्यीय टोली बैशाख २ गते भारतको सिक्किमस्थित ग्याङटोक प्रस्थान गर्ने भएको छ ।

सिक्किम एमेच्योर उसु संघको मार्सल आर्ट्स अर्गनाइजेसन नेपाल प्रतियोगितामा सहभागी हुन लागेको हो । प्रतियोगितामा विभिन्न ५ तौल समूहमा नेपाल र सिकिम्मका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् ।

अप्रिल १६ तारिखमा हुने प्रतियोगितामा नेपालबाट मिलन राईले ५२ केजी, निश्चल तामाङले ५६ केजी, कमल आचार्य ६० ले केजी, मिलन तामाङले ६५ केजी र विनोद श्रेष्ठले ७० केजी तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् । प्रशिक्षकमा राजिव महर्जन, टिम व्यवस्थापकमा किरणसिंह साउद र निर्णायकमा शंकर भुजेल टोलीसंग सिक्किम जाने छन् । हरेक स्पर्धामा पहिलो हुनेले ५० हजार तथा दोश्रोले २० हजार भारतीय रुपैयाँ नगद पुरस्कार पाउने छन् ।

टोलीलाई कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोलले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे । उनले खेलाडीहरुलाई पदक जितेर आउन शुभकामना दिदै उसु खेलको विकास र विस्तारका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सो अवसरमा मेयर डंगोलले टोलीलाई व्यक्तिगत रुपमा ट्रयाकसुट प्रदान गरेको प्रशिक्षक महर्जनले जनाएका छन् ।