६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग News Polar सरकारप्रति कांग्रेस सांसद थपलियाको प्रश्न– ‘नागरिकमा बढ्दो निराशाप्रति सरकार किन मौन ?’ News Polar ‘छोराको लाशसँग सांसद पद साटेको’ टिप्पणीप्रति रचना खतिवडाको आपत्ति News Polar चन्द्रागिरि कांग्रेसको नगर सभापतिमा राजेन्द्र बानियाँले उम्मेदवारी दिने News Polar नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान News Polar कृषि रूपान्तरणका लागि स्पष्ट सङ्क्रमणकालीन कार्ययोजना बनाउन ‘खाद्यका लागि कृषि अभियान’को सुझाव

चितवनको चेतावनी: रेफ्रीको स्तर सुधार नगरे एनएसएल खेल्दैनौँ

चितवनको चेतावनी: रेफ्रीको स्तर सुधार नगरे एनएसएल खेल्दैनौँ
अ+ अ-

काठमाडौँँ । नेपाल सुपर लिग (एनएसएल) टोलि
एफसी चितवनले रेफ्रीको स्तर समयमै सुधार नगरे प्रतियोगिता नखेल्ने चेतावनी दिएको छ ।

चितवनका सिइओ सचिन ढकालले एक वक्तव्य निकाल्दै आफ्नो विपक्षमा बारम्बार विवादास्पद निर्णय गरेको भन्दै आपत्ति जनाएका हुन् ।

चितवन काठमाडौं रेजर्ससँग सोमबार २–० ले पराजित भएको थियो । एक खेल खेल्न बाँकी रहेको चितवन सात अंकसहित तालिकाको चौथो स्थानमा छ । अब चितवनलाई आफ्नो अन्तिम खेलमा धनगढी एफसीविरुद्ध जित्नैपर्ने दबाब छ ।

यस्तो अवस्थामा समयमै रेफ्रीको स्तर सुधार र उत्तरदायित्व स्थापित गरिएन भने क्लबको प्राथमिकता अब ग्ल्यामरभन्दा टाढा बाल फुटबल र दीर्घकालीन ग्रासरुट विकासमा केन्द्रित हुने चेतावनी दिएका छन् ।

उनले भनेका छन्:

नेपाली फुटबलको समग्र विकास र व्यवसायीकरणको लागि समर्पित रही कार्यरत एफसी चितवन गम्भीर रूपमा एउटा गुनासो सार्वजनिक गर्न बाध्य भएको छ।

हालैको एक खेलमा चौथो रेफ्रीले झापा एफसीका पक्षमा गोप्य रूपमा पेनाल्टीको संकेत गरेको स्पष्ट देखिएपछि, क्लबले सो व्यक्ति रेफ्रीको रूपमा आगामी खेलमा नआउन् भन्ने औपचारिक अनुरोध गरेको थियो। तर दुर्भाग्यवश, उक्त रेफ्रीलाई पुनस् सोही खेलमा मुख्य रेफ्री र चौथो रेफ्रीको रूपमा नियुक्त गरिएको छ।

यो घटनाले मात्र होइन, विगतका विभिन्न खेलहरूमा पनि बारम्बार विवादास्पद निर्णयहरू आइरहेका छन्—जुन निर्णयहरू प्रायः एकतर्फी, अस्पष्ट र फुटबलको मर्मविपरीत देखिन्छन्। यस्ता निर्णयहरूले करोडौं रुपैयाँको लगानी, खेलाडीहरूको मेहनत, र समर्थकहरूको भावना माथि प्रश्नचिन्ह खडा गरेको छ।

एफसी चितवनले विश्वस्तरीय खेलाडीहरू ल्याएर नेपाली लिगलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने प्रयास गरिरहेको छ। तर यदि निर्णायक तहमै निष्पक्षता र क्षमताको कमी रहिरह्यो भने, यस्ता प्रयासहरू निरर्थक बन्न सक्छन्।

हाम्रो स्पष्ट माग छ—या त रेफ्रीहरूको स्तर तत्काल सुधार गरियोस्, वा विदेशी रेफ्रीहरूको व्यवस्था गरियोस्, जसले निष्पक्षता कायम राख्न सकून्।

नेपालको रेफ्री प्रणालीप्रति अघिल्ला विवादहरू र वर्तमान अवस्था हेर्दा, यो अवस्था लगानीकर्ताहरूका लागि निराशाजनक मात्र होइन, अति असह्य पनि बन्न थालेको छ।

यदि समयमै सुधार र उत्तरदायित्व स्थापित गरिएन भने, क्लबको प्राथमिकता अब ग्ल्यामरभन्दा टाढा—बाल फुटबल र दीर्घकालीन ग्रासरुट विकासमा केन्द्रित हुनेछ।

हामी नेपाली फुटबलप्रति समर्पित छौं। तर समर्पणको मूल्य निष्पक्षता, पारदर्शिता र सम्मानले चुकाउनु पर्छ।