१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुनसरीमा हट्यो कर्फ्यु विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन पुरन्धरा झरनाः जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण लमजुङ र मनाङका जनप्रतिनिधिबाट डुम्रे–बेसीशहर–चामे सडकको संयुक्त अनुगमन झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व संकलन काँकरभिट्टाबाट गत आवमा साढे नौ हजार विदेशी पर्यटक भित्रिए दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

आरसीबीका कप्तान पाटीदारलाई १२ लाख जरिवाना



अ+ अ-

काठमाडौँ । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का कप्तान रजत पाटीदारलाई १२ लाख रुपैयाँ जरिवाना गरिएको छ ।

सोमबार राति मुम्बईको वानखेडे स्टेडियममा मुम्बई इन्डियन्स (एमआई)विरुद्धको खेलमा स्लो ओभर रेटका कारण उनलाई जरिवाना लगाइएको हो ।

आईपीएलले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि रोयल च्यालेन्जर्स बैंगलोरको यस सिजनमा सबैभन्दा स्लो ओभर रेट छ । त्यसैले, नियमको धारा २.२ अन्तर्गत, कप्तान रजत पाटीदारलाई १२ लाख रुपैयाँ जरिवाना गरिएको हो ।

यस सिजनमा स्लो ओभरका लागि जरिवाना हुने रजत चौथो कप्तान हुन् । रजत पाटीदारभन्दा पहिले मुम्बईका कप्तान हार्दिक पाण्ड्या, राजस्थान रोयल्सका कप्तान रियान पराग र लखनऊ सुपर जायन्ट्सका कप्तान ऋषभ पन्तलाई यस सिजनमा स्लो ओभर रेटको कारण जरिवाना गरिएको छ ।

हिजो मुम्बईको वानखेडे स्टेडियममा भएको खेलमा आरसीबीले मुम्बई इन्डियन्सलाई १२ रनले पराजित गरेको थियो । पहिले ब्याटिङ गर्दै आरसीबीले २२१ रन बनाएको थियो, जसको जवाफमा मुम्बई इन्डियन्सले २०९ रन मात्र बनाउन सक्यो । यस खेलमा रजतले ३२ बलमा ५ चौका र ४ छक्काको मद्दतले ६४ रन बनाए ।