४ भाद्र २०८३, बिहीबार
,
Latest
वैदेशिक सहायता धर्मान्तरण तथा नास्तिकता प्रवद्र्धनमा प्रयोग भयोः सांसद ओली खगेन्द्र सुनारको आरोप– विचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन् रासायनिक मलको प्रयोग घटाउँदै प्राङ्गारिक र जैविक मल प्रवर्द्धन गर्ने सरकारको नीति राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु, बागमती प्रदेश सरकार निर्माणबारे समीक्षा गर्ने समाज कल्याण परिषद्माथि खगेन्द्र सुनारको प्रश्न : ‘वैदेशिक सहयोगको परिणाम खोइ?’ ‘अख्तियारमाथि कार्यकारी हस्तक्षेप बन्द गरौँ, स्वतन्त्र रूपमा काम गर्न दिऔँ’ इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि धनुषाको मिथिलामा ३१० परिवारले पाए लालपुर्जा आईजीपीलाई सांसद सुनारको चुनौती : ‘मानमर्दन भएको भए अदालत गएर मुद्दा हाल्नुस्’ ६६० किलो गाँजासहित दुई जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाजामा इजरायली आक्रमणमा १० जनाको मृत्यु



अ+ अ-

एजेन्सी। गाजाको केन्द्रीय सहर डिर अल–बलाहमा आइतबार इजरायली हवाई आक्रमण हुँदा कम्तीमा १० जना प्यालेस्टिनी नागरिकको ज्यान गएको गाजाको नागरिक सुरक्षा विभागले जनाएको छ ।

विभागका प्रवक्ता महमूद बसालले जानकारी दिँदै भन्नुभयो,“ एक सवारीसाधनमा गरिएका आक्रमणमा सात जनाको मृत्यु भएको छ, जसमा छ जना एउटै परिवारका थिए । घाइते भएकाहरूलाई डिर अल–बलाहस्थित अल–अक्सा अस्पतालमा उपचारका लागि लगिएको छ ।”

प्रत्यक्षदर्शीहरूका अनुसार इजरायली विमानले सवारीसाधनमा मिसाइल प्रहार गर्दा गाडीमा आगलागी भएको थियो । यस घटनाबारे इजरायली सेनाले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

यस्तै, डिर अल–बलाह नगरपालिकाको भवनमा गरिएको अर्को हवाई आक्रमणमा थप तीन जनाको ज्यान गएको नागरिक सुरक्षा विभागले जनाएको छ । इजरायली सेनाले यो आक्रमण पुष्टि गरेको छ ।

इजरायली सेनाका प्रवक्ता अविचाय अद्राईले भन्नुभयो,“ हमासको कमाण्ड केन्द्र लक्षित गरी आक्रमण गरिएको हो, जहाँ हमासका धेरै सदस्यहरू उपस्थित थिए ।”

स्वास्थ्य मन्त्रालयका अनुसार मार्च १८ देखि इजरायलले पुनः सैन्य कारवाही सुरु गरेयता गाजामा एक हजार ५७४ जनाको मृत्यु भइसकेको छ भने चार हजार ११५ जना घाइते भएका छन् ।

गाजामा द्वन्द्व सुरु भएको सन् २०२३ अक्टोबर ७ यता हालसम्म ५० हजार ९४४ जना प्यालेस्टिनी नागरिकको ज्यान गएको छ भने एक लाख १६ हजार १५६ जना घाइते भएका छन् ।रासस/सिन्ह्वा




भर्खरै