१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुनसरीमा हट्यो कर्फ्यु विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन पुरन्धरा झरनाः जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण लमजुङ र मनाङका जनप्रतिनिधिबाट डुम्रे–बेसीशहर–चामे सडकको संयुक्त अनुगमन झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व संकलन काँकरभिट्टाबाट गत आवमा साढे नौ हजार विदेशी पर्यटक भित्रिए दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

हैदराबादले पछ्यायो आईपीएलको दोस्रो ठूलो लक्ष्य, अभिषेक बने सर्वाधिक रन बनाउने भारतीय



अ+ अ-

काठमाडौँ । अभिषेक शर्मा र ट्राभिस हेडको शानदार साझेदारीको मद्धतमा सनराइजर्स हैदराबादले पञ्जाब किंग्सलाई आठ विकेटले पराजित गरेको छ ।

शनिबार राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा खेलिएको यस खेलमा पञ्जाबले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाउँदै २४५ रन बनाएको थियो ।

जवाफमा, गत सिजनको उपविजेता टोलीले १८.३ ओभरमा दुई विकेट गुमाउँदै २४७ रन बनायो र खेल जित्यो । योसँगै हैदराबादले आईपीएल इतिहासमा दोस्रो ठूलो लक्ष्य पछ्याएको छ ।

यसअघि पञ्जाब किंग्सले गत सिजन कोलकाता विरुद्ध २६२/२ को स्कोर गर्दै सबैभन्दा ठूलो लक्ष्य हासिल गरेको थियो ।

२४६ रनको लक्ष्य पछ्याउँदा हैदराबादको ओपनिङ जोडी पूर्ण लयमा देखियो । ट्राभिस हेड र अभिषेक शर्मा बीच पहिलो विकेटको लागि १७१ रनको विशाल साझेदारी भयो । यो हैदराबादका लागि ओपनिङ जोडीले गरेको दोस्रो ठूलो साझेदारी हो ।

यस मामिलामा शीर्ष स्थानमा जोनी बेयरस्टो र डेभिड वार्नर छन्, जसले २०१९ मा आरसीबी विरुद्ध १८५ रनको साझेदारी गरेका थिए ।

यस खेलमा अभिषेकले आफ्नो आईपीएल करियरको पहिलो शतक मात्र ४० बलमा पूरा गर्दै ठूलो उपलब्धि हासिल गरे । उनी आईपीएलमा सबैभन्दा छिटो शतक बनाउने छैटौं ब्याट्सम्यान बनेका छन् । अभिषेकले पञ्जाब विरुद्ध १४१ रनको सानदार इनिङ खेले ।

योसँगै उनी आइपीएलमा सर्वाधिक रन बनाउने भारतीय खेलाडी बनेका छन् । आफ्नो इनिङ्सको क्रममा, २४ वर्षीय ब्याट्सम्यानले २५६.३६ को स्ट्राइक रेटमा १४ चौका र १० विशाल छक्का प्रहार गरे ।

यस खेल अघि खराब लयसँग संघर्ष गरिरहेका हेडले पनि उत्कृष्ट पुनरागमन गरे । उनले ३१ बलमा आफ्नो अर्धशतक पूरा गरे र ६६ रन बनाएर आउट भए । उनी बाहेक हेनरिक क्लासेनले २१ रन र इशान किशनले नौ रन बनाएर अविजित रहे । पञ्जाबका लागि अर्शदीप सिंह र युजवेन्द्र चहलले एक–एक विकेट लिए ।

यसअघि पञ्जाबले राम्रो सुरुवात गरेको थियो । पहिलो विकेटका लागि प्रियांश आर्य र प्रभसिमरन सिंहबीच ६६ रनको साझेदारी भयो । आर्य १३ बलमा ३६ रन बनाएर आउट भए । यो साझेदारीको कारण, पञ्जाबले पावर प्लेमा दोस्रो उच्च स्कोर पनि बनायो । पहिलो ६ ओभर सकेसम्म पञ्जाबको रन ८९/१ थियो ।

तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका श्रेयस अय्यरले पनि दमदार प्रदर्शन गरे । उनले २२ बलमा आफ्नो अर्धशतक पूरा गरे । यसपछि उनले ३६ बलमा ८२ रन बनाए । उनले प्रभसिमरनसँग दोस्रो विकेटको लागि २५ रन जोडे ।

ओपनर ब्याट्सम्यान ४२ रन बनाएर पभेलियन फर्किए । त्यसपछि, श्रेयसलाई नेहल वधेराले साथ दिए र दुवैले ७३ रनको विशाल साझेदारी गरे। इशान मालिंगाले वढेरालाई एलबीडब्ल्यू आउट गरे । उनले २७ रन बनाए ।

इनिङको अन्तिम ओभरमा मार्कस स्टोइनिसले मोहम्मद शामीविरुद्ध लगातार चार बलमा चार छक्का प्रहार गरे । यस ओभरमा तीब्र बलरले २७ रन दिए । स्टोइनिसले अविजित ३४ रन बनाए । हैदराबादका लागि हर्षल पटेलले चार विकेट लिए भने इशान मालिंगाले दुई विकेट लिए ।