११ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं उपत्यकामा ३८ जनामा कोरोना संक्रमण



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार ३८ जनामा कोरोना संक्रमण देखिएको छ ।

काठमाडौंमा ३२, ललितपुरमा ५ जना र भक्तपुरमा १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार देशभर कोरोनाका २ सय २४ जना संक्रमित थपिएका छन्। यीसहित देशभर कुल संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुगेको छ ।