१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन

हत्याको त कुरै छोड्नुस्, मैले एक जनालाई पिटेको समेत छैनः अध्यक्ष दाहाल

हत्याको त कुरै छोड्नुस्, मैले एक जनालाई पिटेको समेत छैनः अध्यक्ष दाहाल
अ अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले इतिहासलाई पछाडितिर धकेल्न चाहनेहरुले १७ हजारको हत्यारा आफूलाई भनिरहँदा पार्टी निकट नेता/कार्यकर्ताहरुले प्रतिवाद नगरेको भन्दै असन्तुष्टि जनाउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले १७ हजार मानिसहरु युद्धको नियमानुसार मारिएको बताउनु भयो । उहाँले त्यसबेला राज्य पक्षले कति र विद्रोही पक्ष (तत्कालिन माओवादी)ले कति हत्या गर्यो भन्नेकुरा अध्ययन गर्न सकिने बताउनु भयो । उहाँले बिना अध्ययन आफूमाथि आरोप लगाइएको भन्दै आपत्ति जनाउनु भयो । उहाँले १७ हजार मानिस प्र्रचण्डले मारेको भन्ने आरोपको खण्डन गर्दै आफूले अहिलेसम्म एक जनालाई पनि नपिटेको बताउनु भयो । उहाँले तत्कालीन युद्धको नेतृत्व आफूले गरेको र शान्तिमा आएपछि सम्पूर्ण कुराको जिम्मा लिएको बताउनु भयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘एकथरी मानिसहरु इतिहासलाई पछाडितिर धकेल्न चाहनेहरुले १७ हजारको हत्यारा भनिरहँदा होइन, यो त युद्धको नियमअनुसार युद्धमा भएको कुरा हो । राज्य पक्षले कति मा¥यो, विद्रोहीले कति के ग¥यो भन्नेकुरा त अध्ययन गर्न सकिन्छ, अनुसन्धान गर्न सकिन्छ । तर के यो आरोप सत्य हो त रु १७ हजार माओवादीले, अझ प्रचण्डले आजभोलि त । भन्ने मैले एक जनालाई पिटेको पनि छैन अहिलेसम्म । हत्याको कुरै छोडिदिनुस् । व्यक्तिको कुरा गर्ने हो भने । युद्धको नेतृत्व मैले गरेको हो ।

मैले शान्तिमा आएपछि सम्पूर्ण कुराको जिम्मा म लिन्छु भनेकै थिएँ । तर यति धेरै गलत आरोप लागिराख्दा म विभिन्न बुद्धिजीवि, राजनीतिक दल, सात राजनीतिक दल त्यतिबेला सबैले मिलेर १२ बुँदे समझदारी गरेको हो, शान्ति सम्झौता गरेको हो । त्यही पनि बोलेको कोही पनि मैले त्यति देख्न पाएको छैन । तपाईंहरु पनि कोही बोल्न चाहनुभएको छैन । तपाईंहरु पनि यसमा बोल्नु भन्दा नबोल्नु नै ठिक छ भनेको जस्तो गरेको देख्छु मैले । यो ठिक छैन । यसरी शान्ति प्रक्रियालाई साँचो अर्थमा निस्कर्ष र दिगो बनाउन सकिँदैन । सत्यलाई सत्य भनेर राख्ने आँट हामी गर्न सकिँदैन भने कसरी समाजलाई नयाँ स्थायित्व र रुपान्तरणतिर लैजान सकिन्छ भन्ने प्रश्न म राख्न चाहन्छु ।’

अध्यक्ष दाहालले सबै नेताहरु उस्तै हुन् भन्ने भाष्य बनाइएको भन्दै आपत्ति जनाउनु भयो । लोकतन्त्रलाई नेतातन्त्र भनेकोप्रति पनि उहाँको असन्तुष्टि छ । उहाँले यसको फाइदा निरंकुश र तानाशाहीलाई भइरहेको बताउनु भयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘आजभोलि एउटा भाष्य बनाइएको छ । सबै उस्तै उस्तै । लोकतन्त्रलाई नेतातन्त्र भनिदिएको छ । सबै नेता उस्तै हुन् भनिदिएको छ । सबै पार्टी उस्तै हुनु भनेको छ । त्यो भनेर फाइदा निरंकुश र तानाशाहीलाई भएको छ । यो विषय पनि यहाँ पनि सबै उस्तै हुन्, अथवा माओवादी मात्रै १७ हजारको जिम्मेवार हो । हत्यारा हो, आतंककारी हो भन्ने भाष्य हो भने विस्तृत शान्ति सम्झौता र त्यो शान्ति सम्झौता अन्तरिम संविधानको अंग भएको कुरालाई हामी के भन्छौँ छ रु त्यो गलत हो रु त्यो त होइन, हामी कोही भन्दैनौँ । किन हामी बोल्दैनौँ भन्ने मेरो प्रश्न हो ।’

अध्यक्ष दाहालले यौनजन्य हिंसामा परेका हजारौँ पीडित महिलाहरुलाई अगाडि ल्याउन कोही न कोहीले जोखिम उठाउनुपर्ने बताउनु भयो । द्वन्द्वकालमा यौनजन्य हिंसामा राज्य पक्ष र विद्रोही पक्ष कति जिम्मेवार छ भन्नेकुरा भन्न डराउन नहुने बताउनु भयो ।