४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय

तीनकुने हिंसाको मुद्दालाई किन डाइभर्ट गर्दैछ सरकार ?

तीनकुने हिंसाको मुद्दालाई किन डाइभर्ट गर्दैछ सरकार ?
अ+ अ-

काठमाडौं । चैत १५ गते राजावादी समूहले काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शनले हिंसात्मक रुप लिएपछि अहिले त्यो घटनाका विषयमा विभिन्न पक्षबाट बहस भइरहेको छ । घटनामा दुई जनाको मृत्यु भएको छ । त्यसैगरी सञ्चार संस्थामाथि आक्रमण मात्र भएको छैन व्यक्तिको निजी सम्पत्ति र सार्वजनिक सम्पत्तिमा पनि निकै ठूलो क्षति भएको छ । सरकारले राजावादी समूहले हिंसा भड्काएको आरोप लगाएको छ । तर सार्वजनिक भएका भिडियो र प्रत्यक्षदर्शीहरुको बयानका आधारमा सरकारको पनि गम्भीर गल्ती देखिएको छ ।

घटनाबारे अहिलेसम्म गृह प्रशासनले मात्र छानबिन गरिरहेको छ । सरकारले घटनाबारे न्यायिक समिति गठनमा चासो दिएको छैन । जबकी नागरिक समाज, बुद्धिजीवी, सञ्चारमाध्यमलगायतले न्यायिक समिति बनाएर घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने माग गरिरहेका छन् । तर सरकारले त्यसतर्फ कुनै चासो नै दिएको छैन । बरु सरकारी संयन्त्रले नै निष्पक्ष छानबिन गर्ने भन्दै सरकारले आलटाल गरेको छ ।

विपक्षी राजनीतिक दलहरुले मात्र होइन, सत्तारुढ दलकै सांसदहरुले पनि न्यायिक आयोग गठन गरेर तीनकुने घटनाको छानबिन गर्न माग गरिरहेका छन् । संसदीय समितिहरुमा पनि अहिले यस विषयमा छलफल भइरहेको छ । तर कुनै पनि संसदीय समितिले न्यायिक छानबिन गर्न निर्देशन दिएका छैनन् । यो विषय हेर्ने संसदीय समितिहरुमा सत्तारुढ दल कांग्रेस र एमालेकै सांसदहरुको बहुमत छ । न्यायिक समिति बनाएर छानबिन गरे सरकारमाथि नै प्रश्न उठ्ने जोखिम छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् बैठकबाटै तीनकुने घटनाका मुख्य जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र शाह भएको बताएका थिए । प्रधानमन्त्रीले अनुसन्धान विनै आरोप लगाएको भन्दै आलोचनासमेत भएको थियो । उनले पूर्वराजा शाहले प्रजातन्त्र दिवसको अवसरमा सन्देशलाई आधार बनाएर तीनकुने घटनाको जिम्मेवारी पनि उनैले लिनुपर्ने बताएका थिए । तर घटनाबारे अहिलेसम्म न पूर्वराजाले मुख खोलेका छन् न त सरकारले नै न्यायिक समिति बनाएर छानबिन गरेको छ । प्रजातन्त्र दिवसका अवसरमा दिएको शुभकामना सन्देशमार्फत पूर्वराजा ज्ञानेन्द्रले भनेका थिए, ‘अब समय आयो, राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशबासीलाई आह्वान गर्दछौं ।’

बरु अहिले सरकार र सत्तारुढ दल कांग्रेस र एमालेका नेताहरु पूर्वराजालाई जबरजस्ती यो घटनामा मुछ्ने प्रयासमा लागेका छन् । अनुसन्धान नै नगरी घटनामा पूर्वराजा जिम्मेवार भएकाले संसदीय समितिमा बयानका लागि बोलाउनुपर्ने अभिव्यक्ति पनि सांसदहरुबाट आउन थालेको छ । कानुन, न्याय तथा मानवअधिकार समितिको शुक्रबार बसेको बैठकमा नेपाली कांग्रेसका सांसद जीवन परियालले पूर्वराजालाई बयानका लागि समितिमा बोलाउनुपर्ने मागसमेत गरेका थिए । तर उनले घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक समिति बनाउने कुरा नै उठाएनन् ।

सांसद परियारले मात्र होइन, सत्तारुढ दलका अन्य सांसदहरुले समेत चुपचाप बसेकै कारण पूर्वराजा ज्ञानेन्द्रले छुट पाउन नहुने भन्दै सरकारलाई खबरदारी गरी । सत्ताको नेतृत्वकर्ता दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले तीनकुने घटनाको अनुसन्धान प्रक्रियामा कहीँ न कहीँ पूर्वराजालाई प्रश्नको दायरामा, जवाफदेहिताको दायरामा ल्याउनुपर्ने बताए ।

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका सांसद रामकुमार राईले पनि पूर्वराजा ज्ञानेन्द्रलाई अनुसन्धान बाहिरै राखेर तीनकुने घटनाबारे यथार्थमा पुग्न नसकिने बताएका छन् ।

सांसदहरुको भनाइ सुन्दा अब संसदीय समितिले यो घटनामा छानबिन गर्ने भन्ने आशय देखिन्छ । जबकी यो घटनाको छानबिन संसदीय समितिबाट गरिने विषय नै होइन । राज्यका निकायले गर्दा पनि विश्वास गर्न सकिने आधार छैन । किनकी घटनाको एउटा पक्ष स्पष्ट रुपमा सरकार देखिएको छ । आफैंले गरेको छानबिनले पक्कै पनि आफूलाई दोषी देखाउन सक्दैन । न्यायिक समिति बनाए निष्पक्ष हुने मात्र होइन, अन्तर्राष्ट्रिय समुदायले पनि विश्वास गर्न सक्ने आधार देखिन्छ ।

संसदीय समितिमा गृहमन्त्री रमेश लेखकले पूर्वराजालाई समितिमा बोलाएर सोधपुछ गर्नुपर्ने त भनेनन् तर सांसदरुले घटनालाई विषयान्तर गर्न खोजेको देखेपछि आफू केही सुरक्षित रहेको महसुस गरे । जबकी यो घटनामा गृहमन्त्री र गृहप्रशासनकै गल्ती देखिने आधार रहेको पाइन्छ ।

अब आफ्नै गल्ती सार्वजनिक गर्न न्यायिक आयोग बनाउन सरकारले पक्कै पनि पहल गर्ने छैन । किनकी उसले गल्तीको जिम्मेवारी आफूले लिनुपर्ने हुन्छ । यो अवस्थामा गृहमन्त्री लेखक मात्र होइन, स्वयम् प्रधानमन्त्री ओलीमाथि पनि प्रश्न उठ्न सक्छ । त्यसैले छानबिन नै नगरी अब घटनाको जिम्मेवारी जबरजस्ती पूर्वराजालाई लिन लगाउनेतर्फ सरकार र सत्तारुढ दल केन्द्रीत भएको देखिन्छ । यसले घटनालाई डाइभर्ट गर्न खोजिएको पुष्टि हुने आधार देखिएको छ ।