२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोली लागेर एक सैनिकको मृत्यु



अ+ अ-

चितवन। हतियार सफा गर्ने क्रममा गोली लागेर एक सैनिक जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा नयाँ गोरख गण कसरामा कार्यरत सैनिक जवान २२ वर्षीय चन्द्रकिशोर दास हुनुहुन्छ ।

ब्यारेकको हतियार सफा गर्ने क्रममा हतियार पड्किएर उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिनुभयो । उहाँका अनुसार सफा गर्ने क्रममा हतियार पड्किँदा घाइते भएका दासको चितवन मेडिकल कलेजमा उपचारका क्रममा आज साँझ मृत्यु भएको हो ।

दास चितवन राष्ट्रिय निकुञ्जको चरनपुर पोष्टमा कार्यरत हुनुहुन्थ्यो । बिहान गस्ती गरेर फर्किएर हतियार व्यवस्थापन गर्दैगर्दा उहाँलाई गोली लागेको थियो । रासस