२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आन्दोलनले अड्किएको एम्बुलेन्स–तस्बिरहरु



अ+ अ-

काठमाडौँ । नेपाल शिक्षक महासंघद्वारा काठमाडौँ केन्द्रीत प्रदर्शन जारी छ । आन्दोलनका कारण सडक अस्तव्यस्त बनेको छ भने सवारी आवागमनमा बाधा पुगेको छ ।

शिक्षा मन्त्रालयले वार्ताका लागि आह्वान गरेपनि महासंघले आन्दोलन जारी राखेको छ । आज दशौं दिन आइपुग्दा पनि आन्दोलन जारी छ ।

यसैबीच, आन्दोलनले गर्दा एक एम्बुलेन्स पास हुन नसकेर फर्किन बाध्य भएको छ । अनामनगरमा यस्तो दृश्य देखिएको छ जहाँ एम्बुलेन्स समेत प्रभावित भएको छ ।

साइरन बजाएर अगाडि बढ्न प्रयासरत एम्बुलेन्समा रहेका विरामीसँगै रहेका आफन्तको मन कति अत्तालिएको होला ?

चैत २५ गतेदेखि देशव्यापी शैक्षिक आमहड्ताल घोषणा गरेर महासंघले आन्दोलन जारी राखेको छ । सरकार र आन्दोलनरत शिक्षकहरु वार्तामा बसेर समाधान निकाल्नु आवश्यक छ ।