२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर

फुर्वा शेर्पाको निर्देशनमा बनेको पञ्जावी भिडियो ‘खर्चा मार दा’ को चर्चा चुलिँदै

फुर्वा शेर्पाको निर्देशनमा बनेको पञ्जावी भिडियो ‘खर्चा मार दा’ को चर्चा चुलिँदै
अ अ+ अ-

काठमाडौं । नेपाली मिडियाकर्मी तथा निर्देशन क्षेत्रमा लामो अनुभव बोकेका निर्देशक फुर्वा शेर्पाको निर्देशनमा तयार भएको पञ्जाबी म्युजिक भिडियो ‘खर्चा मार दा’ हालै सार्वजनिक भएको छ । यो भिडियो सार्वजनिक भएपछि फुर्वाको निर्देशनको प्रशंसा भइरहेको हो ।

यो भिडियो गोल्डेन आवर फिल्म प्रोडक्सनको युट्युब च्यानलमार्फत् इदको अवसर पारेर सार्वजनिक गरिएको थियो ।

गीतमा पञ्जाबी गायक सरव सिंहको स्वर र संगीत रहेको छ भने शब्द बब्बी नटियानले लेखेका हुन् । फुर्वा शेर्पाले यस गीतको निर्देशन गरेका हुन् । जुन गीतमा भारतीय कलाकार कमर र मोरक्कन अभिनेत्री इस्राए जेब्बारीको अभिनय देख्न सकिन्छ ।

भिडियोको छायांकन दुबईमा गरिएको हो । जसको छायांकन तथा सम्पादन नितिन चन्दले गरेका हुन् । उनले दुबईका आकर्षक लोकेसनमा अत्याधुनिक क्यामेरा, सिनेम्याटिक लाइटिङ प्रविधि तथा भिजुअल डिजाइन प्रयोग गरेर भिडियोमा प्रिमियम लुक्स प्रस्तुत गरेका छन् ।

भिडियोमा विभिन्न देशका कलाकारहरूको सहभागिता रहेको छ । कोरियोग्राफर सुरेश कुमार दक्षिण भारतका हुन् भने कोरस डान्सरहरू समेत अन्तर्राष्ट्रिय पृष्ठभूमिबाट छनोट गरिएको फुर्वाले जानकारी दिए ।

निर्देशक फुर्वाका अनुसार गीतको भाषा फरक भएका कारण केही चुनौती आए पनि टोलीको मेहनत र संगीतको ऊर्जा सबैलाई एउटै लयमा बाँध्न सफल भयो । ‘संगीतको कुनै भाषा हुँदैन, गीतको भाव, लय र जोश नै यस्तो थियो, जसले सबैलाई जोड्यो,’ उनले भने ।

फुर्वाले यो भिडियोले आफूलाई अन्तर्राष्ट्रिय निर्देशन क्षेत्रमा चिनाउने अवसर दिएको विश्वास व्यक्त गरेका छन् । ‘खर्चा मार दा’ भिडियोले भारतीय पञ्जाबी संगीत उद्योगमा नयाँ प्रयोगका रूपमा स्वागत पाएको छ ।