२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार निर्वाचनः कांग्रेस–एमाले गठबन्धनको क्लिनस्विप



प्राडा विजयप्रसाद मिश्र
अ+ अ-

काठमाडौँ । नेपाल बार एसोसिएसनको २७ औँ केन्द्रीय कार्यसमितिमा नेकपा एमाले र नेपाली कांग्रेस निकट कानुन व्यवसायीको प्यानलले क्लिनस्विप गरेको छ ।

अध्यक्षमा प्राडा विजयप्रसाद मिश्र २ हजार ४३१ मतले विजयी भएका छन् । उनले ५ हजार ५२ मत पाउँदा प्रतिद्वन्द्वी नेकपा माओवादी निकट व्यावसायिक कानुन व्यवसायी समूहका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले २ हजार ६२१ मत ल्याएका छन् ।

यस्तै, महासचिवमा एमाले निकटक केदारप्रसाद कोइराला विजयी भएका छन् । उनले ४ हजार ८७४ मत पाउँदा प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीनिकट कानुन व्यवसायी यज्ञमणि न्यौपानेले २ हजार ३६७ मत पाए ।

यस्तै, मिश्र प्यानलबाट उपाध्यक्षहरूमा कोशीबाट पदमप्रसाद लिम्बु, मधेसबाट अजयशंकर झा, बागमतीबाट तेजबहादुर रावल, गण्डकीबाट भूपेन्द्र खनाल, लुम्बिनीबाट कृष्णप्रसाद पोखरेल, कर्णालीबाट विवशकुमार बस्नेत, सुदूरपश्चिमबाट सिद्धराज ओझा, महिला उपाध्यक्षबाट सरस्वती श्रेष्ठ विजयी भए ।