११ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंबाट तनहुँ फर्किएका कर्मचारीमा कोरोना पोजिटिभ



अ+ अ-

खरा । काठमाडौंबाट तनहुँ हालै फर्किएका एक जना कर्मचारीमा कोरोना संक्रमण पोजिटिभ भेटिएको छ । साउन २ गतेदेखि ८ काठमाडौं बसेर फर्किएका आँबुखैरेनी गाउँपालिकाका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

कर्मचारीमा कोरोना पुष्टि भएपछि गाउँपालिका कार्यालय ३ दिनका लागि बन्द गरिएको छ । गाउँपालिकाका कर्मचारी र अन्य केही सम्पर्कमा आएका २६ जनाको स्वाब लिएर परीक्षणका लागि पठाइएको छ ।

कार्यालयमा विदा लिएर काठमाडौं आएका उनले विभिन्न ठाउँको यात्रा गरेका थिए । परिवारका सदस्य, आफन्त र अन्य गरी धेरै जनासँग ती कर्मचारीले भेटघाट गरेकाले ट्रेसिङमा समय लागिरहेको छ । ‘उहाँ काठमाडौंको कुन हस्पिटलमा जानुभएको थियो । कति जनासँग भेट भएको थियो भन्ने खोजी गरिरहेका छौं,’ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले भने ।