२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कनकासुन्दरीमा निःशुल्क आँखा शिविर सम्पन्न



फाइल फोटो
अ+ अ-

जुम्ला। यहाँको कनकासुन्दरी गाउँपालिका–४ स्थित हाट सिँजा स्वास्थ्य चौकीमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । शनिबार र आइतबार सञ्चालित सो दुईदिने आँखा शिविरमा ६०१ जनाले आँखा जाँच गराएका छन् ।

गाउँपालिकाको आर्थिक सहयोग, हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग तथा कनकासुन्दरी गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा आयोजना गरिएको शिविर सञ्चालन गरिएको थियो । शिविरमा ४६ जनाको मोतियाविन्दुको शल्यक्रिया तथा ३०० जनालाई निःशुल्क चश्मा वितरण गरिएको कनकासुन्दरी गाउँपालिकाको स्वास्थ्य शाखाका स्वास्थ्य निरीक्षक वीरेन्द्रप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

प्रत्येक वर्ष यहाँ निःशुल्क आँखासम्बन्धी शिविर सञ्चालन गरिँदै आएको गाउँपालिका अध्यक्ष दामोदरप्रसाद आचार्यले बताउनुभयो । शिविरमा उपचारपछि बिरामीलाई घरसम्म पु¥याउने, खानबस्नको व्यवस्था तथा फलफूल प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र भण्डारीले जानकारी दिनुभयो । रासस