२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री कप भलिबल : सुदुरपश्चिमद्वारा लुम्बिनी पराजित



फाइल फोटो
अ+ अ-

भोजपुर। भोजपुर नगरपालिका–७ कोदार रङ्गशालामा जारी मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई पराजित गरेको छ ।

प्रतिस्पर्धात्मक खेलको पहिलो र दोस्रो सेट लुम्बिनीले २७–२५ अङ्क र २५–१४ अङ्कले जितेको थियो । बाँकी तीन सेट भने सुदूरपश्चिम प्रदेशले जित्यो । सुदूरपश्चिमले तेस्रो सेट २५–२३, चौथो सेट २५–२२ र अन्तिम सेट १५–११ अङ्कले जित्यो ।

मङ्गलबार पहिलो खेल लुम्बिनी र गण्डकी प्रदेशबीच तथा दोस्रो खेल सुदूरपश्चिम र गण्डकी प्रदेशबीच हुने आयोजक जिल्ला भलिबल सङ्घले जनाएको छ ।

प्रतियोगितमा मधेस र कर्णालीबाहेक कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमले सहभागिता जनाएको छ । यही चैत २८ गतेसम्म हुने उक्त प्रतियोगिताको विजेताले रु तीन लाख, दोस्रोले रु एक लाख ७५ हजार, तेस्रोले रु ८० हजार तथा चौथो हुने टोलीले रु ४० हजार पुरस्कार प्राप्त गर्ने आयोजक जिल्ला भलिबल सङ्घका अध्यक्ष विन्द्रकुमार तामाङले जानकारी दिनुभयो ।रासस