२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली बक्सिङ टोली ‘फोर नेसन्स कप’का लागि भुटान प्रस्थान



अ+ अ-

काठमाडौँ। फोर नेसन्स कप बक्सिङ प्रतियोगितामा सहभागी हुन नेपाली टोली सोमबार भुटानको थिम्पु प्रस्थान गरेको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सोमबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

अप्रिल ११ देखि १३ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ४८ केजीमुनि लालप्रसाद उप्रेती तथा ५१ केजीमुनि चन्द्रबहादुर थापाले प्रतिस्पर्धा गर्ने छन् । महिला ४८ केजीमुनि रमिशा श्रेष्ठ, ५० केजीमुनि अस्मिता दुवाल र ५४ केजीमुनि वर्षा श्रेष्ठले खेल्ने छन् ।

अफिसियलमा नेपाल बक्सिङ महासंघका उपाध्यक्ष श्यामकाजी अवाले, प्रशिक्षकमा बक्सिङका मुख्य प्रशिक्षक प्रवीण तुलाधर र दीपक महर्जन, आईटीओमा पुस्करराज पन्त, टेक्निकलमा असिम न्यौपाने तथा निर्णायकमा धनकुमार मैनाली, सन्तोष आले मगर र अनुराधा लामा रहेका छन् ।