२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलः बुमराह फर्किएपछि बलियो मुम्बई, जितलाई लिएर उत्साहित आरसीबी



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज मुम्बई इन्डियन्स (एमआई) ले रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) को सामना गर्दैछ । १८ औं सिजनको २० औं खेल मुम्बईको वानखेडे स्टेडियममा साँझ पौने सात बजे सुरु हुनेछ ।

मुम्बईले यस सिजनका सुरुका ४ खेलमध्ये ३ खेलमा हार बेहोरेको थियो । अर्कोतर्फ बैंग्लोरले ३ खेलमध्ये २ जितेको छ भने १ खेलमा हार बेहोरेको छ । बैंग्लोरले १० वर्षदेखि वानखेडेमा मुम्बईलाई जित्न सकेको छैन । टोलीको यहाँ अन्तिम जित सन् २०१५ मा आएको थियो ।

हेड टु हेडः
आईपीएलमा हालसम्म दुई टोलीबीच जम्मा ३५ खेल खेलिएका छन् । जसमध्ये मुम्बईले २१ मा जित निकालेको छ भने बैंग्लोर १४ मा विजयी भएको छ । दुबै टोली वानखेडे स्टेडियममा १० पटक आमनेसामने भएका छन् । जसमा एमआईले ७ पटक र आरसीबीले ३ पटक जितेको छ ।

मुम्बई इन्डियन्सका ब्याट्सम्यान सूर्यकुमार यादव टोलीका सर्वाधिक स्कोरर हुन् । उनले ४ खेलमा १७१ रन बनाएका छन् । उनले लखनउ सुपर जाइन्ट्सविरुद्ध ४३ बलमा ६७ रनको अर्धशतकीय पारी खेलेका थिए ।

बलिङमा हार्दिक पाण्ड्या शीर्ष स्थानमा छन् । हार्दिकले ३ खेलमा ८ विकेट लिएका छन् । उनले लखनउविरुद्ध ४ ओभरमा ५ विकेट लिएका थिए । बलर विग्नेश पुथुर दोस्रो स्थानमा छन् । उनले ३ खेलमा ५ विकेट लिएका छन् ।

यो सिजन अहिलेसम्म रोयल च्यालेन्जर्स बैंग्लोरका ४ फरक–फरक खेलाडीले अर्धशतक बनाएका छन् । टोलीका लागि ब्याट्सम्यान फिल साल्टले सर्वाधिक रन बनाए । उनले ३ खेलमा कुल १०२ रन बनाएका छन् ।

साल्टले पहिलो खेलमा केकेआरविरुद्ध ५६ रनको इनिङ खेलेका थिए । उनीपछि विराट कोहली र रजत पाटीदारले ३ खेलमा ९७–९७ रन बनाएका छन् । विराटले आफ्नो पहिलो खेलमा कोलकाताविरुद्ध ५९ रनको अविजित इनिङ खेलेका थिए ।

विकेट लिनेमा टिमका जोस हेजलउड शीर्ष स्थानमा छन् । उनले ३ खेलमा ६ विकेट लिएका छन् । उनले चेन्नई सुपर किंग्सविरुद्ध २१ रन दिएर ३ विकेट लिएका थिए ।

बुमराह फर्किन सक्नेछन्
मुम्बईका फास्ट बलर जसप्रित बुमराहले आजको खेलबाट यस सिजनमा पुनरागमन गर्न सक्नेछन् । चोटबाट फर्किएपछि उनी आइतबार एमआई टोलीमा सामेल भएका थिए । बोर्डर–गावस्कर ट्रफीका क्रममा उनी घाइते भएका थिए ।

बुमराह कम्मरको चोटका कारण च्याम्पियन्स ट्रफीबाट बाहिर भएका थिए । उनी पछिल्ला केही दिनदेखि बैंगलोरस्थित बीसीसीआईको सेन्टर अफ एक्सिलेन्स (सीओई) मा पुनर्वास गरिरहेका थिए ।

कस्तो छ पिच ?
वानखेडेको पिच ब्याट्सम्यानका लागि सहयोगी साबित हुन्छ । यहाँ फास्ट बलरहरूले केही मद्दत पाउँछन् । हालसम्म यहाँ ११७ आईपीएल खेलहरू खेलिएका छन् । ५४ खेलमा पहिलो इनिङ्समा ब्याटिङ गरेको टोलीले जितेको छ भने ६३ खेलमा पछ्याउने टोलीले जित हासिल गरेको छ ।

आज मुम्बईको मौसम निकै तातो रहनेछ । आज यहाँ धेरै घाम लाग्नेछ । पानी पर्ने कुनै आशा छैन । तापमान २६ देखि २७ डिग्री सेल्सियस सम्म हुन सक्छ ।

सम्भावित सुरुवाती–११
मुम्बई इन्डियन्सः हार्दिक पाण्ड्या (कप्तान), रायन रिकेल्टन (विकेटकीपर), विल ज्याक, सूर्यकुमार यादव, तिलक वर्मा, नमन धीर, मिचेल सान्टनर, दीपक चाहर, ट्रेन्ट बोल्ट, अश्विनी कुमार, विग्नेश पुथुर ।

रोयल च्यालेन्जर्स बैंगलोरः रजत पाटीदार (कप्तान), फिल साल्ट, विराट कोहली, देवदत्त पडिक्कल, लियाम लिभिङ्स्टन, जितेश शर्मा (विकेटकिपर), टिम डेभिड, क्रुणाल पाण्ड्या, भुवनेश्वर कुमार, जोश हेजलवुड, यश दयाल ।




भर्खरै