२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

केपी ओली कप क्रिकेट : काठमाडौँ र हटौँडा विजयी



अ+ अ-

कास्की। पोखरामा सञ्चालन भइरहेको ‘दोस्रो केपी ओली कप टी–२० राष्ट्रिय खुला क्लबस्तरीय पुरुष क्रिकेट प्रतियोगिता’को आजको खेलमा काठमाडौँ र हटौँडा विजयी भएका छन् ।

मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा जारी उक्त प्रतियोगिताको समूह ‘ए’मा रहेको सिइसी काठमाडौँ दुई खेलमा जित हासिल गर्दै सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ । स्याङ्जासँगको आजको खेलमा काठमाडौँले जितका लागि पाएको एक सय २७ रनको लक्ष्य १४ ओभरको पहिलो बलमा तीन विकेट गुमाउँदै पूरा गर्यो ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको स्याङ्जाले २० ओभरमा सात विकेट गुमाउँदै १२६ रन बनाएको थियो । काठमाडौँका लागि दीपेन्द्र रावतले ४९ र रित गौतमले ३८ रन बनाए । बलिङतर्फ स्याङ्जाका लागि अस्विनी रानाले दुई तथा किरण भट्टराईले एक विकेट लिए । काठमाडौँले यसअघि हेटौँडालाई पराजित गरेको थियो ।

आजको पहिलो खेलमा हेटौँडा स्पोट्र्स एकेडेमीले पोखरा महानगरपालिका क्रिकेट क्लबलाई चार विकेटले हराएको थियो । टस जितेर ब्याटिङ गरेको पोखरा महानगरले १६ ओभरको पाँचाँै बलमा सबै विकेट गुमाउँदै ७१ रन मात्र बनायो । पोखराका लागि सुमित श्रेष्ठले ३९ बल खेल्ने क्रममा तीन चौकाको मद्दतमा २६ रन बनाए । प्रमोद बास्तोलाले १६ बलमा तीन छक्का हान्दै २२ रन तथा दीपक बरालले १४ रन बनाए ।

जितका लागि ७२ रनको लक्ष्य हेटौँडाले १२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । हेटौँडाका लागि सौरभ खड्काले ३२ बलको सामना गर्ने क्रममा चार चौका हान्दै ३४ रन जोडे । पोखराको लगातार यो दोस्रो हार हो । यसअघि शनिबार उद्घाटन खेलमा पोखरा स्याङ्जासँग पराजित भएको थियो ।

प्रतियोगितामा १६ टोली सहभागी छन् । विजेताले रु १० लाख र उपविजेताले रु पाँच लाख प्राप्त गर्नेछन् । ‘म्यान अफ दी सिरिज’ले रु ३० हजार, उत्कृट बलर र ब्याटरले जनही रु १० हजार प्राप्त गर्ने एकेडेमीले जनाएको छ । रासस