२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकदिवसीय शृङ्खलामा नेपाल लगातार पराजित



अ+ अ-

काठमाडौँ।  अफगानिस्तान यु–१९ टोलीविरुद्धको एकदिवसीय शृङ्खलामा नेपाल लगातार पराजित भएको छ । आज भएको दोस्रो खेलमा नेपाली यु–१९ टोली अफगानिस्तानसँग एक रनले पराजित भएको हो ।

योसँगै अफगानिस्तानले नेपालविरुद्धको शृङ्खला एक खेल अगावै जितेको छ । यसअघि पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १३० रनले पराजित भएको थियो ।

मूलपानी क्रिकेट मैदानमा टस जितेर अफगानिस्तानले पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा सवै विकेट गुमाएर १६८ रन बनायो । एक सय ६९ रनको लक्ष्य पछ्याएको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाउँदै १६७ रन मात्र बनाउन सक्यो । नेपालका लागि साहिल पटेलले ११९ बलमा ६ चौकाको मद्दतले सर्वाधिक ६४ रनको योगदान दिए । यसैगरी अभिषेक तिवारीले २०, निरजकुमार यादवले १५ तथा कप्तान नरेन भट्टले १३ रन बनाए ।

बलिङतर्फ अफगानिस्तानका लागि वाहिदुल्लाह जाद्रन, जाइतुल्लाह शहिन र हाफिज जाद्रनले दुई दुई तथा रोहुल्लाह अरब, कप्तान महबुब खान र उजाइरुल्लाह नियाजाइले समान एक एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गर्ने क्रममा अफगानिस्तानका लागि कप्तान महबुब खानले ११४ बलमा एक चौकाको मद्दतले सर्वाधिक ५८ रनको योगदान दिए । यसैगरी रोहुल्लाह अरबले २७, उजाइरुल्लाह नियाजाइले १९, नजिफुल्लाह अमिरीले १६, खतिर स्तानिकजाइले ११ र खालिद अहमदजाईले १० रन बनाए ।

बलिङतर्फ नेपालका लागि सन्तोष यादवले तीन, सिब्रिन श्रेष्ठ र विपिनप्रसाद शर्माले दुई दुई तथा अभिषेक तिवारीले एक विकेट लिए । शृङ्खलाको अन्तिम खेल यही चैत २७ गते हुनेछ । रासस