९ भाद्र २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट ठेक्कापट्टामा अड्किएका गण्डकीका विकास आयोजना : वर्षौँ बित्दा पनि अधुरै गाईजात्रा नजिकिएसँगै भक्तपुरमा ताहासाका लागि बाँसको व्यापार बढ्यो सुनचाँदीको मूल्य घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्सेमा सामान्य सुधार



अ+ अ-

काठमाडौँ । साताको पहिलो दिन उच्च अङ्कको गिरावट आएको धितोपत्र बजारमा आज भने सामान्य सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ७.५९ अङ्कले बढेर एक हजार ४०३.८६ पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.४७ अङ्कले बढेर २९४.२४ पुगेको छ । आज कूल १९० कम्पनीका ५३ लाख ४२ हजार ५८१ कित्ता शेयर रु एक अर्ब २९ करोड दुई लाख २५ हजार २१३ मा खरिदबिक्री भए ।

आज कारोबार भएका कूल १२ मध्ये तीन उपसमूहको शेयर ओरालो लागेको छ । जलविद्युत् ३.५५ अङ्कले घट्दा वित्त ०.८४ र सामूहिक लागनी कोष ०.०६ अङ्कले घटेका छन् । यस्तै बैंकिङ ७.०५, व्यापार ९.४४, होटल ३३.७७, विकास बैंक ६.२४, निर्जीवन बीमा ४६.७१, उत्पादन ८.१५, अन्य ३.८२, लघुवित्त १५.७३ र जीवन बीमा ५८.७८ अङ्कले बढेका छन् । कारोबार रकमका आधारमा आज प्रभु बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रह्यो ।

सो कम्पनीको शेयर रु ३४ करोड २९ लाख ६० हजार ५०० मा खरिदबिक्री भयो । यस्तै नेपाल पुनःबीमा कम्पनीको रु १० करोड चार लाख १७ हजार ६३९, नेपाल लाइफ इन्स्योरेन्सको रु छ करोड ३२ लाख १४ हजार ८८, एनआइसी एसिया बैंकको रु पाँच करोड १५ लाख ५१ हजार ७६६, एनएमबी बैंकको रु चार करोड ५५ लाख ७९ हजार ३४८ र नविल बैंकको शेयर रु तीन करोड ४९ लाख ३७ हजार ४४४ मा खरिद बिक्री भयो ।

अजोड इन्स्योरेन्सका लगानीकर्ताले आज सर्वाधिक १० प्रतिशतले कमाए । यस्तै आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था ९.९२, नेपाल फाइनान्स ९.४६, नेपाल सेवा लघुवित्त वित्तीय संस्था ७.२७ र ग्रीन डेभलपमेन्ट बैंकका शेयरधनीले ६.५४ प्रतिशतले कमाए । दिव्यश्वरी हाइड्रोपावर प्रालिका शेयरधनीले ६.९० प्रतिशतले गुमाए । युनियन हाइड्रोपावर ६.५६, जोशी हाइड्रोपावर डेभलपमेन्ट ६.१५, छ्याङ्दी हाइड्रोपावर ५.३८ र युनाइटेड फाइनान्सका लगानीकर्ता ५.३२ प्रतिशतले गुमाए ।




भर्खरै