३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेतबारीमै बालीको उपचार गर्दै सिद्धिचरण



अ+ अ-

ओखलढुङ्गा। ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाले किसानका खेतबारीमै पुगेर कृषिबालीको उपचार गर्न थालेको छ । नगरपालिकाको कृषि विकास शाखाले नगरभित्र व्यावसायिक खेती गर्ने किसानका खेतबारीमै समस्या समाधान गर्न थालेको हो ।

पहिलो चरणमा वडा नं १० को बेतीनी र वडा नं ७ को विगुटारको सुर्केमा बाली उपचार शिविर सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ । कृषि शाखा प्रमुख अस्मिता दाहालले शिविरमा दुई वडाका ८५ जना कृषकले बोटबिरुवा तथा बाली उपचार सेवा लिएको बताउनुभयो । उहाँका अनुसार वडानं १० मा भएको शिविरमा ल्याइएका बोटबिरुवा तथा बाली परीक्षण गर्दा खुर्सानीमा औँसा किरा, आपमा ‘म्याङ्गो माल्फर्मेशन’, केरामा ‘पानामा रोग’, सुन्तलामा फूल झर्ने, तरकारीमा किरा लाग्नेलगायत समस्या देखिएको थियो ।

यस्तै, सिद्धिचरण–७ सुर्केमा सञ्चालित शिविरमा टमाटर, काँक्रा र तरकारी बालीमा ‘टुटा अप्सुलेटा’, केरामा ‘पानामा रोग’, तोरी सागमा लाइकिराको प्रकोप भेटिएको थियो ।

बाली तथा बोटबिरुवा विज्ञद्वारा समस्याको पहिचान गरी आवश्यक परामर्शसहित सिद्धिचरण–१० का ५२ र ७ का ३३ जना कृषकलाई औषधि तथा विषादी वितरण गरिएको नगरपालिकाको कृषि विकास शाखाले जनाएको छ ।

गाउँमा कृषि प्राविधिक आएर खेतबारीमा लगाइएका फलफूल, अन्नबाली तथा तरकारीबालीमा देखिएका समस्या समाधान गरिदिएपछि किसान उत्साहित भएका छन् । रासस