२९ चैत्र २०८१, शुक्रबार
April 11, 2025 Friday

19.27°C

काठमाडौं

19.27°C

Kathmandu

Feels-like: 19.13

Wind: 1.03

Humidity: 72

Latest
अर्थमन्त्री पौडेलसमक्ष उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले प्रतिवेदन बुझायो, के छन् अर्थतन्त्र सुधारका सुझाव ? राज्यमन्त्री पूर्णबहादुर तामाङले सोधे सचिव सुरेश आचार्यलाई २४ घण्टे स्पष्टीकरण आज पनि देशभर चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना विशेषको फैसला चित्त नबुझेको भन्दै आयोग सर्वोच्चमा गोरखा–जितगढी एकीकरण पदयात्रा तनहुँ आइपुग्यो चीनको चोङकिङमा माओवादी केन्द्र र सिपिसीका नेताहरूबीच भेटवार्ता विश्वप्रसिद्ध बिस्का : जात्रा भैरवको रथ वंशगोपाल पुगेर फर्काईंदै यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर प्रहरीले भन्यो– दुर्गा प्रसाईं पक्राउ परेका छैनन् फुर्वा शेर्पाको निर्देशनमा बनेको पञ्जावी भिडियो ‘खर्चा मार दा’ को चर्चा चुलिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रविलाई पक्रिन राज्य किन यति धेरै सक्रिय ?



अ+ अ-

काठमाडौं । सहकारी ठगी र संगठित अपराधको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उच्च अदालतले पुर्पक्षका लागि थुनामै राख्नुपर्ने निर्णय भएसँगै प्रहरीले तत्कालै पक्राउ गर्‍यो ।

उच्च अदालतले बुटवलमा आदेश दिएलगत्तै प्रहरीले काठमाडौंमा रहेका रविलाई पक्राउ गरेको हो । राति सुत्ने तयारीमा रहेका रविलाई पक्राउ गर्न घरमै प्रहरी पुगेपछि उनले आफू अदालतको आदेशअनुसार प्रहरीलाई गिरफ्तारी दिने घोषणा गरेका थिए । तर प्रहरीले तत्काल उनलाई घरबाटै पक्राउ गर्‍यो ।

लामिछानेलाई समात्न राति ९ बजे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको संयुक्त टोली हात्तीगौंडास्थित सिजी हिल्समा रहेको लामिछाने निवास पुगेको थियो ।

प्रहरी टोली पुग्दा लामिछाने आफ्नो कोठामा बसिरहेका थिए । उनलाई थुनामा पठाउने आदेश आएको थाहा पाएलगत्तै रास्वपाका उपसभापति डिपी अर्याल, सांसद् शिशिर खनाल, गणेश पराजुली, नेता प्रणय राना, विपिन आचार्य लगायत पनि त्यहाँ पुगिसकेका थिए ।

लगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर भट्ट, डीएसपी अनिल घिमिरे लगायतले लामिछानेलाई अदालतको आदेश कार्यान्वयनका लागि भन्दै आफूहरूसँगै जान भनेका थिए । प्रहरीले लामिछानेलाई किन यति हतारका लागि पक्राउ गर्‍यो भन्ने चाहिँ रोचक छ ।

सयौं प्रहरीकै अगाडिबाट गाडि हुँइक्याएर फरार भएका राजावादी आन्दोलनका नाइके दुर्गा प्रसाईंलाई पक्राउ गर्न नसकेको प्रहरीले अदालतको आदेश स्वीकार गर्न आफैं प्रहरीको पुग्ने बताइरहेका रास्वपा सभापति लामिछानेलाई घरबाटै गिरफ्तार गरेको छ । रवि अपराधि करार भइसकेका व्यक्ति होइन । उनी एउटा राष्ट्रिय दलको सभापति हुन्, सांसद हुन् र उपप्रधान तथा गृहमन्त्री भइसकेका व्यक्ति हुन् । उनले अदालतको निर्णयलाई सहर्ष स्वीकार गर्छु भनिसकेका थिए । तर रातारात प्रहरीले उनलाई घरबाट पक्राउ गरेको हो ।

त्यसो त अघिपछिका उदाहरण हेर्दा कुनै पनि अदालतले फैसला गरिसकेपछि पनि लामो समयसम्म आदेश नआएको भन्दै प्रहरीले आलटाल गर्ने गरेका थिए । तर यस पटक साँझ ७ बजेपछि बुटवलमा अदालतले आदेश दिँदा नदिँदै यता रविको घरमा प्रहरी पुगिसकेको थियो । अदालतले के आदेश दिएको छ भनेर सञ्चारमाध्यममा आएका समाचारकै आधारमा प्रहरी रविकोमा पुगेको देखिन्छ । प्रहरीले न अदालतको आदेश पढेको थियो, न त कार्यान्वयनका लागि भन्दै प्रहरीकोमा आएको नै थियो ।

रवि लामिछानेको घरमा प्रहरी पुगे पनि कुनै कागजात थिएन । रवि आफैंले औपचारिक कागजात माग्न खोजे । प्रहरी पक्राउ पूर्जी समेत नलिई आएको थियो । पक्राउ पर्नुअघि सार्वजनिक भएको भिडियामा पनि प्रहरी निकै हतारमा रहेको देखिन्थ्यो । प्रहरीले रविलाई तत्काल गइहालम् भनेर आग्रह गरिरहेका थिए । तर रविले पक्राउ पूर्जी माग गरिरहेका थिए ।

प्रहरी त्यसबेला उच्च अदालत बुटवल इजलासले दिएको आदेशको प्रतिलिपि मात्र बोकेर त्यहाँ पुगेका थिए । प्रहरी अधिकारीहरुले त्यही प्रतिलिपिमा हस्ताक्षर गरेर लामिछानेलाई हिंड्न भनेका थिए । तर, रास्वपा नेताहरु र लामिछानेले पक्राउ पूर्जी दिनुपर्ने भन्दै अडान लिए ।

लामिछानेको कोठामा रहेका अन्य रास्वपा नेता तथा सहयोगीहरुले प्रहरीलाई ‘तयारी गरेर आउनु पर्दैन ?’ भन्दै प्रश्न गर्न थाले । त्यसपछि केही बेर प्रहरी र लामिछानेबीच सवाल जवाफ समेत भयो ।

प्रहरीले लामिछानेकै अगाडि पक्राउ पूर्जी लेखेर थमाउँदै पक्राउ गरेको थियो । यो अनौठो दृश्य थियो । जुन यसअघि भएका घटनामा यस्तो हतारो प्रहरीले गर्ने गरेको थिएन ।

रविलाई पक्राउ गर्न हतार गरिनुका कारण के हो प्रष्ट भइसकेको छैन । तर उनी चार वटा अदालतबाट धरौटीमा रिहा भएपछि पार्टीको काममा सक्रिय भएका थिए । पछिल्लो समय उनले अब आफूले बोल्ने समय आएको बताउँदै आएका थिए । आज मात्र रविको पार्टी रास्वपाले चितवनमा सभा गर्ने तयारी गरेको थियो । त्यो सभामा रविले ठूला राजनीतिक दलका शीर्ष नेताहरुप्रति आक्रोस व्यक्त गर्ने भयले पनि अदालतको आदेश लगत्तै पक्राउ गरिएको हुनसक्ने देखिन्छ ।

त्यसो त अहिले राजावादी र गणतन्त्रवादीबीच जुहारी चलेको छ । यो जुहारीमा रास्वपा अलि पर बस्दै आएको थियो । कतै रास्वपाले राजावादी समूहलाई औपचारिक रुपमा साथ दिन्छ कि भन्ने भयसमेत प्रमुख दलका शीर्ष नेताहरुमा देखिन्छ । त्यसैले पनि लामिछानेलाई पक्राउ गर्ने हतारो प्रहरीले गरेको हुनसक्छ ।