२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

एपिएफलाई हराउँदै गाईघाट फाइनलमा प्रवेश

एपिएफलाई हराउँदै गाईघाट फाइनलमा प्रवेश
अ अ+ अ-

धनकुटा। धनकुटामा जारी १७औँ सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको आज भएको सेमिफाइनल खेलमा विभागीय टोली एपिएफलाई हराउँदै गाईघाट फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ ।

धनकुटा सदरमुकामको तल्लो टुँडिखेलमा भएको खेलमा गाईघाटले एपिएफलाई एकका विरुद्ध दुई गोलको अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

खेल सुरु भएको १०औँ मिनेटमा एपिएफका खेलाडी युवराज खड्काले गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि निकै घम्साघम्सी भएको खेलमा पहिलो हाफमा उक्त एक गोलबाहेक दुवै टिमबाट कुनै गोल हुन सकेन ।

खेलको ६०औँ मिनेटमा गाईघाटका तर्फबाट किस्मत लिम्बूले एक गोल गरेर खेललाई बराबरी बनाएका थिए । त्यसलगत्तै गाईघाटका विदेशी खेलाडी फोफानाले खेलको ७०औँ मिनेटमा गरेको गोलले गाईघाटलाई जित दिलाएको हो ।

खेल अवधिको उत्कृष्ट खेलाडी गाईघाटका विदेशी खेलाडी फोफाना घोषित भएका छन् । खेल अवधिमा गाईघाटका विदेशी खेलाडी टाम्पी, निश्चल मोक्तान र एपिएफका मानबहादुर रानाले पहेँलो कार्ड पाएका थिए ।

शनिबार हुने फाइनल खेल आजको विजेता गाईघाट र सप्तरीको नवबुद्ध फुटबल क्लबबीच हुने आयोजक संस्था सहिद भीमनारायण स्मृति प्रतिठानका खेल संयोजक शम्भु प्रधानले जनाएका छन् । यही चैत १७ देखि सुरु भएको प्रतियोगितामा आठवटा टोलीको सहभागिता छ । प्रतियोगिताको विजेताले रु पाँच लाख र उपविजेताले रु दुई लाख ५० हजारसहित ट्रफी, मेडल, कप र प्रमाणपत्र पाउने छन् । रासस