२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति एमाले सांसद मिनान्सी रखालको आपत्ति, माफी र राजीनामाको माग महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : सभापति थापा सरकारद्वारा २५ अत्यावश्यक सेवामा हडताल निषेध विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट सरकारले दबाब दिएर मात्रै नतिजा आउँदैनः पूर्वउपाध्यक्ष पोखरेल बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द कांग्रेसले बोलायो सिंहदरबारमा विपक्षी दलहरूको संयुक्त बैठक सरकारद्वारा डीडीसी उत्पादन प्रवर्द्धनलाई राष्ट्रिय प्राथमिकता, प्रधानमन्त्री शाहको पनि समर्थन बजेट सुन्दा कर्णप्रिय छ, तर भित्र रूपान्तरणकारी सोचको अभाव छः पूर्वअर्थमन्त्री पुन एनआरएनए पोर्चुगलद्वारा आर्थिक पारदर्शिताका लागि सङ्कलित रकम बैंक खातामा जम्मा गर्न आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेट सम्भावना अध्ययन गरी आवश्यकताको आधारमा विनियोजन गर्न सुझाव



अ+ अ-

काठमाडौँ। प्रतिनिधिसभाका सांसदहरूले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट पहुँचको आधारमाभन्दा आवश्यकताका आधारमा तयार गर्न सुझाव दिएका छन् ।

प्रतिनिधिसभा, अर्थ समितिमा भएको आगामी आवको बजेटसम्बन्धी छलफलमा सांसदहरूले कुनै मन्त्री, राजनीतिक दल वा सांसदको पहुँचका आधारमा भन्दा पनि सम्भावनाको अध्ययन गरी आवश्यकताका आधारमा बजेट विनियोजन गर्न सरकारसँग अनुरोध गरेका हुन् ।

पूर्वअर्थमन्त्री तथा सांसद डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि ल्याउने भनिएको रु १९ खर्ब ६० अर्बको बजेट महत्वकाङ्क्षी बजेटमात्र हुने टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, “आगामी आर्थिक वर्षको बजेट २० खर्बको हुने भनिएको छ, त्यसका लागि स्रोत जुटाउन कठिन छ, २२ प्रतिशत विदेशी सहयोग बढाउने भनिएको छ, त्यसको पनि सम्भावना अत्यन्त न्यून छ ।” आगामी आवको बजेट परिणाममुखी, पर्यटन केन्द्रित र उत्पादन हुनुपर्ने उहाँको भनाइ छ ।

सांसद छिरिङ डन्डुल लामाले भन्नुभयो, “एउटा सरकार आउँछ, सडक कालोपत्र गर्छ, अनि अर्को सरकार आउँछ कालोपत्र गरेको एक हप्तामै हटाउँछ, फेरि अर्को सरकार आउँछ त्यसलाई भत्काएर फेरि बनाउँछ, यसरी कसरी विकास हुन्छ ?” अब बजेट बनाउँदा दार्चुला, हुम्ला र जुम्लालगायत दुर्गम जिल्लालाई केन्द्रमा राखेर बनाउनुपर्ने उहाँको भनाइ छ ।

सांसद अक्बरबहादुर रायमाझीले आगामी बजेटबारे छलफल हुँदै गर्दा सार्वजनिक खरिद ऐनलाई परिमार्जन गरी समयसापेक्ष बनाउनुपर्नेमा जोड दिनुभयो ।

सांसद सूर्य थापाले यसअघिका सरकारले आवश्यकताका आधारमा भन्दा पहुँचका आधारमा बजेट विनियोजन गरेको स्मरण गर्दै पक्षपातपूर्ण बजेट बन्नुपर्ने बताउनुभयो । विशेषगरी जनतालाई केन्द्रमा राखेर रोजगारमूलक बजेट बन्नुपर्ने उहाँको भनाइ छ ।

सांसद नारायणी शर्माले अधुरा योजनालाई पूर्णता दिनेगरी बजेट बनाउनुपर्ने बताउनुभयो । सांसद गङ्गा कार्कीले काठमाडौँका सडक महिनैपिच्छे बनाउने र भत्काउने किन गरिन्छ, सरकारसँग बजेट धेरै भएर हो ? भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद नारायणप्रसाद आचार्यले आगामी बजेटमा आयोजना सहर केन्द्रित मात्रै बनाउनेभन्दा आवश्यकताका अध्ययन गरेर बजेटको व्यवस्था गर्नुपर्ने धारणा राख्नुभयो । रासस