२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्राफिक प्रहरीलाई अग्नि नियन्त्रण तथा उद्धार प्रशिक्षण



अ+ अ-

भैरहवा। जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले अग्नि नियन्त्रण र उद्धारसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । आज गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय भैरहवासँगको समन्वयमा अग्नि नियन्त्रण तथा उद्धारका लागि सैद्धान्तिक र प्रयोगात्मक प्रशिक्षण गरिएको हो ।

विपद् जोखिम तथा व्यवस्थापन एउटा आपत्कालीन विषय हो । प्राकृतिक र गैरप्राकृतिक विपद्का रूपमा हुने आगलागीलाई नियन्त्रणका साथै उद्धारका उपायका विषयमा प्रशिक्षण गरिएको हो”, जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक रन्जु केसीले भन्नुभयो । तालिमको उद्देश्य ट्राफिक प्रहरीलाई विपद्को समयमा राहत तथा उद्धार कार्यमा दक्ष बनाउने रहेको उहाँको भनाइ छ ।

गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल नागरिक उड्डयन वारुणयन्त्रसम्बन्धी विज्ञ प्रेमबहादुर चन्दले प्रशिक्षार्थीलाई आगलागीको समयमा अग्नि नियन्त्रण गर्ने उपायका साथै उद्धारका सैद्धान्तिक र प्रयोेगात्मक विषयमा प्रशिक्षण गर्नुभएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको सूचना शाखाले जनाएको छ ।

ट्राफिक प्रहरीले आन्तरिक वा बाहिर क्षेत्रमा आकस्मिक आगलागी भएमा अग्नि नियन्त्रणका लागि कस्ता सामग्रीको कसरी प्रयोग गर्ने र निभाउने भन्नेबारे उहाँले जानकारीसहित प्रस्तुति दिनुभएको थियो ।

कार्यक्रममा आगलागी नियन्त्रण, उद्धार गर्दा अपनाइने विधि प्रदर्शन गर्नुका साथै आगलागी भएमा कसरी निभाउने भन्ने विधि सिकाइएको थियो । अग्नि नियन्त्रण र उद्धारको अभ्यासका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय मातहतका ३० जना प्रहरीको सहभागितामा तालिम सञ्चालन गरिएकोे नागरिक उड्डयन कार्यालय भैरहवाले जानकारी दिएको छ । रासस