३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘गलैँचा उद्योगले मुलुकको आर्थिक क्षेत्रमा पुर्‍याएको योगदान महत्त्वपूर्ण छ’



अ+ अ-

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली गलैँचा उद्योगले मुलुकको आर्थिक क्षेत्रमा पुर्‍याएको योगदान महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।

आज यहाँ आयोजित नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता सङ्घको सातौँ वार्षिक साधारणसभामा तथा तेस्रो अधिवेशनमा मन्त्री भण्डारीले स्वदेशमा रोजगारी सिर्जना गर्ने र अर्बौं वैदेशिक मुद्रा आर्जन गर्ने उद्योगको विकास, सम्वर्द्धन र प्रवर्द्धनका लागि मन्त्रालयकोतर्फबाट सहयोग रहने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, “नेपाली गलैँचा उद्योगले आर्थिक तथा रोजगारीका क्षेत्रमा पुर्‍याएको योगदानलाई बिर्सन सकिँदैन । उद्योगको विकास, सम्वर्द्धन र प्रवर्द्धनका लागि मन्त्रालय सहयोग गर्न कटिबद्ध छ ।”

मन्त्री भण्डारीले लामो समयदेखि तेस्रो मुलुकमा निकासी सुरुआत गरेको लामो इतिहास भएको गलैँचा उद्योगले सरकारको विभिन्न लक्ष्यमा सहकार्य गर्दै आएको भन्दै खुसी व्यक्त गर्नुभयो । “उद्योगले वैदेशिक मुद्राआर्जन गरी नेपाली अर्थतन्त्र सवलीकरण, व्यापार सन्तुलन र स्वदेशमा रोजगारी सिर्जना गर्नेलगायत विषयमा योगदान गर्दै सरकारसँग निरन्तर सहकार्य गरिरहेकामा म उद्योगलाई हृदयदेखि धन्यवाद व्यक्त गर्दछु”, उहाँले भन्नुभयो ।

राष्ट्रले स्वदेशी उत्पादनको निर्यातलाई प्रोत्साहन गर्ने उद्देश्यले तर्जुमा गरेको नगद प्रोत्साहन व्यवस्थालाई गलैँचा उद्योगको हकमा सरल र सहज बनाउने कार्यमा मन्त्रालय तत्पर रहेको मन्त्री भण्डारीले जानकारी दिनुभयो । गलैँचा उद्योगसँग भएको पटकपटकको छलफलअनुसार निर्यात लोन, कर सम्बन्धमा सहजीकरण र मूल्य अभिवृद्धि करका कारणले उद्योगमा पर्न गएको समस्याका विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “लोन, कर सम्बन्धमा सहजीकरण र मूल्य अभिवृद्धि (सरकारबाट फिर्ता गर्ने प्रक्रिया झन्झटिलो र ढिला भएका) ले उद्योगलाई केही समस्या भएको बुझेका छौँ । उक्त विषयलाई सम्बन्धित निकायमा उठानगरी हरसम्भव परिणाममुखी बनाउन मन्त्रालय तत्पर छ ।

मन्त्री भण्डारीले सङ्घको साधारणसभा तथा अधिवेशनको सफलताका साथै तेस्रो अधिवेशनबाट चुनिएर आउनुभएका नवनिर्वाचित अध्यक्ष, पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई बधाई तथा नयाँ कार्यकालको शुभकामनासमेत व्यक्त गर्नुभएको थियो । रासस