६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो

उदयदेव प्रिमियर लिग सुरु, उद्घाटनमा पाटन भ्याली विजयी

उदयदेव प्रिमियर लिग सुरु, उद्घाटनमा पाटन भ्याली विजयी
अ+ अ-

बैतडी। बैतडीको पाटनमा आजदेखि दोस्रो संस्करणको उदयदेव प्रिमियर लिग (युपिएल) टि–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । पाटन भ्याली क्रिकेट क्लबको आयोजनामा सुरु भएको प्रतियोगिता पाटनस्थित श्रीकृष्ण माविको खेल मैदानमा एक कार्यक्रमकाबीच औपचारिक रुपमा उद्घाटन गरिएको छ ।

क्लबका अध्यक्ष सन्तोष जोशीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावल प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा अन्य जनप्रतिनिधि, समाजसेवी, राजनीतिक दलका प्रतिनिधि, खेलप्रेमीलगायत उपस्थिति थियो ।

उद्घाटन समारोहपश्चात् भएको खेलमा आजोजक पाटन भ्याली क्रिकेट क्लब विजयी भएको छ । सुखद सुरुआत गर्ने क्रममा भ्यालीले सिगास सेवा समाजलाई २४ रनले हरायो । जितका लागि पाएको १९९ रनको लक्ष्य पछ्याएको सिगासले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १७४ रन मात्रै बनाउन सक्यो ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भ्यालीले २० ओभरमा ७ विकेटको क्षतिमा १९८ रन बनायो । भ्यालीका लागि युवराज भण्डारीले सर्वाधिक ५० रन हिर्काए । आठ टोली सहभागी प्रतियोगिताको फाइनल खेल चैत २८ गते हुनेछ ।

प्रतियोगिताको विजेता टिमले रु एक लाख एक हजार १११ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेता टिमले रु ४५ हजार ५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।

प्रतियोगितामा म्यान अफ द सिरिजलाई रु आठ हजार ८४८, बेष्ट ब्याट्स्म्यान  तथा बेष्ट बलरलाई पाँच हजार ५५५ र उदयमान खेलाडीलाई रु दुई हजार ५२५  नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

पहिलो संस्करणको उदयदेव प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि आयोजक पाटन भ्याली क्रिकेट क्लबले हात पारेको थियो । खेलकुदलाई पर्यटनसँग जोड्ने उद्देश्यसहित प्रतियोगिताको आयोजना गरिएको आयोजक पाटन भ्याली क्रिकेट क्लबले जनाएको छ । रासस