२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय अभिनेता मनोज कुमारको ८७ वर्षको उमेरमा निधन



अ+ अ-

काठमाडौँ । देशभक्तिपूर्ण विषयवस्तुमा आधारित हिन्दी भाषाका चलचित्रमा अभिनय गरेका भारतीय अभिनेता मनोज कुमारको ८७ वर्षको उमेरमा शुक्रबार निधन भएको छ ।

‘भारत’ कुमारको नामले प्रसिद्ध अभिनेता मृत्युप्रति सामाजिक सञ्जालमा देश विदेशबाट श्रद्धाञ्जलि व्यक्त गरिएको छ । उहाले हिन्दी सिनेमाका लागि अभिनेता, फिल्म निर्देशक, पटकथा तथा गीत लेखनका साथै सम्पादकका रूपमा योगदान गर्नुभएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारुढ हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा) का सदस्य समेत रहेका कुमारको मुटुसम्बन्धी समस्याका कारण मुम्बईमा निधन भएको थियो ।

भारतका प्रधानमन्त्री मोदीले कुमारलाई भारतीय सिनेमाको ‘प्रतीक’ को संज्ञा दिँदै भन्नुभयो, “उहाँको कामले राष्ट्रिय गौरवको भावनालाई प्रज्वलित गरेको छ र पुस्तौँ पुस्तालाई प्रेरणा दिइरहनेछ ।”

आफ्नो व्यवसायिक पेशामा कुमारको अभिनयको लागि भारतीयहरूले उहाँलाई उच्च आदर दिने गरेका छन् । उहाँलाई हिन्दी फिल्म निर्देशनमार्फत् एकता र राष्ट्रिय गौरवमा ध्यान केन्द्रित गर्ने सिने कलाकारका रूपमा चिनिन्थ्यो ।

हरिकृष्ण गोस्वामीको रूपमा जन्मिएका उहाँले बलिउड परम्परामा आफ्नो नाम मनोज कुमार राख्नुभएको थियो ।

उहाँले सिनेमाको लागि भारतको सर्वोच्च सम्मान दादासाहेब फाल्के पुरस्कारसहित धेरै राष्ट्रिय पुरस्कारहरू प्राप्त गर्नुभएको थियो ।

कुमारले सन् १९५० को दशकको अन्त्यतिर भारतीय सिनेमामा डेब्यु गर्नुभएको थियो ।

उहाँले ‘उपकार’ (१९६७), ‘पूरब और पछिम’ (१९७०) र ‘क्रान्ति’ (१९८१) लगायत देशभक्तिपूर्ण विषयवस्तुका थुप्रै चलचित्रमा अभिनय गर्नुभएको थियो ।