२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोस्रो संस्करणको ‘केपी ओली कप’ क्रिकेट शनिबारदेखि



अ+ अ-

कास्की। पोखरामा यहीँ चैत २३ देखि ३० गतेसम्म दोस्रो संस्करणको ‘केपी ओली कप टि–२० राष्ट्रिय पुरूष क्रिकेट’ सुुरु हुँदैछ ।

मदन भण्डारी स्पोर्टस एकेडेमीले एकेडेमीका संरक्षक रहनुभएका प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको नाममा प्रतियोगिता गर्न लागेको हो । पोखरा रङ्गशालामा खेल सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा १६ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने एकेडेमीका अध्यक्ष धुव्र आचार्यले जानकारी दिनुभयो । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । हरेक समूहमा रहेका टिमले एकअर्कासँग एक÷एक खेल खेलेपछि चारवटै समूहका शीर्ष चार टिम सेमिफाइनल प्रवेश गर्ने छन् ।

प्रतियोगिताको समूह ‘ए’ मा सीइसी काठमाडौँ, हेटौँडा एसए, पोखरा महानगर सिसी र स्याङ्जा सिसी छन् । समूह ‘बी’ मा चितवन सिसी, ग्रेट हिमालयन सिए, गण्डकी हिरोज सिसी र हिमालयन सिए छन् ।

यसैगरी समूह ‘सी’ मा लुम्बिनी खुकुरी सीसी, मधेस प्रदेश सिसी, हिमाल फ्रेन्ड्स र कर्णाली एकेडेमी छन् । समूह ‘डी’ मा सुन्दरहरैँचा आइसिसी, अत्तरिया सिए, माइपोखरी सीसी र होराइजन सिसी छन् । ‘लिग कम नक आउट’ का आधारमा हुने प्रतियोगितामा उपाधि विजेता टिमले नगद रु १० लाख र उपविजेताले नगद रु पाँच लाखका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यसैगरी ‘प्लेयर अफ द सिरिज’ ले रु ३० हजार, वेष्ट बलर, बेष्ट व्याटरले जनही रु १० हजार र ‘प्लेयर अफ द म्याच’ले रु पाँच हजारका साथमा ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताका माध्यबाट क्रिकेट खेलको विकास तथा पोखराको खेल पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अध्यक्ष आचार्यले बताउनुभयो । पोखरामा नै गत वर्ष सम्पन्न पहिलो संस्करणमा मधेश प्रदेसले उपाधि जितेको थियो । रासस




भर्खरै