२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

उदयपुरमा मोटरसाइलको ठक्करबाट एकको मृत्यु



अ+ अ-

उदयपुर। कटारी नगरपालिका–४ मा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

आज मदन भण्डारी राजमार्गअन्तर्गत कटारी–४ को सडकखण्डमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा सिन्धुलीको दुधौली नगरपालिका–५ घारीथुन्सीका ७१ वर्षीया अम्बर सुनुवारको मृत्यु भएको हो ।

कटारीबाट दुधौली सिन्धुलीतर्पm जाँदै गरेको प्र २–०१–०० ३२ प ५४२२ नम्बरको कटारी–६ गेरुवाका २३ वर्षीया अनन्त मगरले चलाएको मोटरसाइकलले विपरीत दिशाबाट कटारीतर्पm आउँदै गरेको साइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका सुनुवारलाई कटारी अस्पतालमा ल्याइ उपचार गर्ने क्रममा दिउँसो ४ः३० बजेको समयमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक कमल बजगार्इंले बताउनुभयो ।

उपरीक्षक बजगाईंका अनुसार मोटरसाइलमा पछाडि सवार कटारी–५ भुल्केका २२ वर्षीया सरिना मगर सामान्य घाइते भएकामा कटारी अस्पतालमा उपचार गरिएको थियो ।

मोटरसाइकल चालक मगर र सरिना दुवैलाई प्रहरी कार्यालयमा लिई मोटरसाइकलसहित नियन्त्रणमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस